३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

पर्यटन वर्ष २०२० लाई सफल बनाउन समिति गठन

पर्यटन वर्ष २०२० लाई सफल बनाउन समिति गठन
अ+ अ-

लहान । पर्यटन वर्ष २०२० लाई भव्यरूपमा सफल बनाउन सिरहामा पर्यटन वर्ष २०२० जिल्ला समन्वय समिति गठन गरिएको छ । अशोकलाल अमात्यको संयोजकत्वमा गठित २६ सदस्यीय समितिको सदस्यमा सचिदानन्द चौधरी, राजेशकुमार गुप्ता, जिवछ यादव, सुरेन्द्र कामती, सन्तोष चौधरी, श्यामकुमार गुप्ता, रामसेवक यादव, श्यामनन्द यादव, प्रदीपकुमार गुप्ता, नवीनकुमार यादव, विद्यानन्द गिरी, विशाल साह सुडी, राजेश चौधरी, नविता यादव, जगदीश महतो, लक्ष्मण यादव, विष्णुदेव मण्डल, रिक्मा विश्वकर्मा, सागर चौधरी, रामबहादुर यादव, बुद्धराम यादव, जानकीकुमारी चौधरी, अनिल उपाध्याय र आनन्द महतोलाई राखिएको छ ।

सिरहाको प्रमुख पर्यटकीय क्षेत्र सलहेश फूलबारीमा आयोजित भेलामा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, पर्यटन वर्ष २०२० का प्रदेश नं २ का संयोजक मनिष झा, प्रदेश सदस्य राकेश रोशन गुप्ता, मागैन कामैतले पर्यटन वर्ष २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको बताए ।

भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन भ्रमण वर्ष २०२० प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रलाई लिपिबद्ध गर्न एकीकृत दस्तावेज गर्न लागेको प्रदेश संयोजक झाले जानकारी दिए ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रदेश नं २ मा व्यापक पर्यटकीय क्षेत्र रहे पनि एकीकृत दस्तावेज नहुँदा प्रदेश नं २ कै एक जिल्लाको पर्यटकीयस्थलबारे अर्को जिल्लावासीलाई थाहा नभएकाले एकीकृत दस्तावेज तयार गर्न लागेको उनको भनाइ छ ।

प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्र छन्, तर वास्तविक सङ्ख्या नहुँदा त्यस्ता पर्यटकलाई लोभ्याउन सकिने पर्यटकीय क्षेत्रसमेत ओझेलमा परेको छ, संयोजक झाले भने, “पर्यटकलाई आकर्षित गर्न कुन–कुन पर्यटकीय क्षेत्र तथा धार्मिकस्थल उपयुक्त हुन्छ र त्यस्ता पर्यटक क्षेत्र कतिको सङ्ख्यामा छन् भन्ने कुरा पत्ता लगाउन एकीकृत दस्तावेज तयार गर्न लागेका छौँ ।” यसरी तयार गरिने एकीकृत दस्तावेजहरु प्रदेश नं २ का आठवटै जिल्लाका प्रमुख शहरमा रहेका होटल तथा लजहरुमा प्रचार–प्रसारका लागि राखिने उनको भनाइ छ ।