३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

घाईतेहरुको घाउमा नेकपाले लगायो यसरी मलम, घाईतेहरुलाई राहात

घाईतेहरुको घाउमा नेकपाले लगायो यसरी मलम, घाईतेहरुलाई राहात
अ+ अ-

हुम्ला । बुधबार हुम्लामा भएको टिप्पर दु’र्घटनामा घाइते भएका बिरामीलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सहयोग गरेको छ । दुर्घटनामा घाईतेहरुको उपचारका लागी एक लाख रुपैयाँ सहयोग गरेको हो ।

दुर्घटनाका घाइते ११ जना बिरामीलाई सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । सिमकोट गाउँपालिका–७ लाग्ना भन्ने ठाउँमा लु ४ ख ३२६९ नम्बरको टिप्पर बुधबार दिउँसो सदरमुकाम सिमकोटतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घटनास्थलमै तीन जनाको र उपचारको क्रममा जिल्ला अस्पतालमा एक जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा नाम्खा गाउँपालिका– १ हेप्का गाउँकी नरी लामा, छिरिङकार्मा लामा र हिल्सा सिमकोट सडक आयोजनाका कार्यालय सहयोगीको खार्पुनाथ गाउँपालिका–१ का बबरजंग शाही र सिमकोट गाउँपालिकाका ५४ वर्षीय वक्त रोकाया रहेका छन् ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार असम्भव भएकोले जिल्ला बाहिर लैजान सेनाको हेलिकप्रमार्फत नेपालगञ्जतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो ।

बिरामीको उपचारका लागि एक लाख सहयोग

दुर्घटनामा घाइते भएका ११ जनाको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० हुम्लाले एक लाख रुपैयाँ सहयोग गरेको छ ।