१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

उपनिर्वाचनको तयारी पुरा

उपनिर्वाचनको तयारी पुरा
अ अ+ अ-

कास्की । कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी लगभग पूरा भएको छ । सो क्षेत्रका ८२ वटै मतदानकेन्द्रमा मतपेटिकालगायत निर्वाचनका सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिसकिएको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराउनुभयो ।

मतदानअधिकृतसहित खटिएका टोलीले २०७४ सालपछि थपिएका नयाँ र छुट भएका मतदाता नामावलीमा समावेश भएका मतदाताको लागि परिचयपत्र वितरण गरिरहेको छ । प्रत्येक निर्वाचन केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई कार्यालय सहयोगी र एक सहयोगी गरी पाँच जनालाई निर्वाचनमा खटाइएको छ । यसका साथै, निर्वाचन टोलीलाई सहयोग गर्नका लागि चार जना स्वयंसेवक पनि छन् ।

यसैबीच, गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । मौन अवधि दुरुपयोग गरेको सन्दर्भमा कतैबाट उजूरी नपरेको निर्वाचन कार्यालय कास्की प्रमुख सुवेदीले जानकारी गराउनुभयो ।