१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बिहिबार देखी तिन दिन विद्यालय बन्द

बिहिबार देखी तिन दिन विद्यालय बन्द
अ अ+ अ-

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा वडाध्यक्ष पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा आजबाट लागू हुनेगरी तीन दिन सार्वजनिक बिदा दिइएको छ । निर्वाचन कार्यालयले मतदान केन्द्र तोकेका शारदा मावि मौवानगरदह, कोटाञ्जर मावि कोटाञ्जर तथा साउदकडा माविमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जिल्ला निर्वाचन कार्यालयले ती विद्यालयमा मतदान केन्द्र तोकेका कारण तीन दिन सार्वजनिक बिदा दिइएको जिल्ला शिक्षा समन्वय समिति डोटीले जनाएको छ । जिल्ला सुरक्षा समिति डोटीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले निर्वाचन केन्द्र तोकिएका विद्यालयमा बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रम आयोजना नगर्न पत्रमार्फत जानकारी गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन सुरक्षालाई मध्यनजर गरेर हामीले निर्वाचन केन्द्र तोकिएका विद्यालयमा कुनै कार्यक्रम नगर्न पत्राचार गरेका छौँ, सबै विद्यालयले पालना गर्नुहुनेछ ।” उक्त वडाको उपनिर्वाचनका कूल तीन वटा मतदान केन्द्र तोकिएको छ । यसैबीच जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनमा मतदान अधिकृत तोकिएकालाई मतपत्रसहित निर्वाचन सामग्री हस्तान्तरण गरेको छ । निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी बुधबार नै सम्बन्धित मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले बताउनुभयो । उपनिर्वाचनमा सुरक्षाकर्मीसहित कूल २४५ कर्मचारी परिचालन गरिएको जिल्ला सुरक्षा समिति डोटीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । निर्वाचन हुने क्षेत्रमा आजदेखि मदिरा बिक्रीवितरण तथा सेवन पूर्ण रुपमा बन्द गरिएको छ ।

मतदाता सङ्ख्याका आधारमा एउटा मतदान केन्द्रमा पाँचदेखि आठसम्म कर्मचारी खटाइने र मतदानमा खटिने कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृत काफलेले बताउनुभयो । उहाँले भन्नुभयो, “मतपत्र, कर्मचारी व्यवस्थापन, मतदाता शिक्षा, सुरक्षा प्रबन्धलगायत आवश्यक सम्पूर्ण तयारी सकेका छौँ । जनताले निर्धक्क भएर मतदान गरे हुन्छ ।” त्यस्तै मतदानस्थलको सरक्षादेखि उम्मेदवार तथा उनीहरुका घरको सुरक्षा व्यवस्था गरिएको बताइएको छ ।

मतदाता नामावलीमा समावेश भएकाका लागि यसअघि वितरण गरिएको परिचयपत्र वा सरकारी कार्यालयबाट जारी भएको परिचय खुल्ने जुनसुकै कागजपत्रका आधारमा मत खसाल्न पाउने व्यवस्था गरिएको छ । उक्त वडामा कम्तीमा पनि दुई हजार ५०० मतदाता छन् । वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार गरी चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट रामबहादुर बोहरा, नेपाली काँग्रेसबाट महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशिराम ओझा तथा स्वतन्त्रका तर्फबाट स्थानीयवासी भूमिसिंह खड्का उम्मेदवार रहनुभएको छ ।

गएरातिदेखि चुनावी आचार सङ्घीयता लागू भएसँगै यहाँका राजनीतिक दलले आफ्ना चुनावी प्रचारप्रसार तथा गतिविधि बन्द गरेका छन् । गएको वर्ष सो वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जीप दुर्घटनामा परि मृत्यू भएपछि अहिले वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन थालेको हो ।