१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

विष्णुमती र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या

विष्णुमती  र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला किनारमा करिडोर निर्माण भए पनि कालोपत्र नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

गत वैशाखमा निर्माण भएको नयाँ बसपार्कस्थित विष्णुमति करिडोर अहिलेसम्म कालोपत्र नहुँदा स्थानीयवासीलाई धूलोले सताउन छाडेको छैन । मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष विष्णु पोखरेलले कालोपत्र नहुँदा आफूहरु धुलोमा दैनिकी बिताउन बाध्य भएको बताउनुभयो ।
नयाँ बसपार्क पुलदेखि बालाजु पुलसम्म करिडोर विस्तार भए पनि अहिलेसम्म कालोपत्र भएको छैन । उक्त करिडोर कालोपत्र भए माछापोखरी, बालाजुचोक, बाइपास क्षेत्रको सवारी जाममा कमी आउनेछ । दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने नयाँ बसपार्क क्षेत्रमा धूलोका कारण यात्रुलाई समस्या हुँदै गएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ट्राफिक प्रहरीको नेतृत्वमा खोलिएका करिडोरमध्ये बालकुमारी करिडोर र विष्णुमती करिडोर कालोपत्र गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

हालसम्म धोबिखोला, रातोपुल, कालोपुल, भत्केको पुल, करिडोर कालोपत्र भइसकेको छ भने बालकुमारी र विष्णुमति करिडोर कालोपत्र गर्न बाँकी छ । करिडोर विस्तार र ग्राभेलको काम काठमाडौँ उपत्यका विकास प्राधिकरणले गरे पनि कालोपत्र कसले गर्ने भन्ने स्पष्ट भइसकेको छैन ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त दिलीप भण्डारी उक्त करिडोर कालोपत्रको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले लिएको बताउनुहुन्छ । उक्त समितिले हाल उपत्यकाका विष्णुमति नदी, नख्खु खोला, धोबी खोला, बल्खु खोला, बागमती खोला, हनुमन्ते खोला, मनहरा खोला, कर्मनाश खोला र महादेव खोलाको सभ्यता कायम राख्ने खोलाको किनारामा बाटो निर्माण गर्ने जिम्मा लिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाको बढ्दो यातायातसँगै सडक विस्तारलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

“टोखा, बानियाटार, नयाँ बसपार्क, बालाजु, शोभा भगवती हुँदै कालिमाटी निस्कने विष्णुमती करिडोर चाँडै निर्माण भए चक्रपथ क्षेत्रको आधा ट्राफिक जाम कम हुन्छ,”–उहाँ भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले करिडोर निर्माणसँगै उपत्यकाको सवारी जाममा कमी आउने भएकाले सोका लागि सम्बन्धित निकायमा पत्राचार भइसकेको जनाउनुभयो ।
यातायात व्यवस्था विभागका अनुसार हाल झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।