२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीका एडीसी जिम्मेवारीमा फर्किए



अ+ अ-

काठमाडौं । जुवाको खालबाट पक्राउ परेका मेजर राजेन्द्र शाही पुनः जिम्मेवारीमा फर्किएका छन् । मेजर शाही प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका सेनानी हुन् ।

महानगरीय प्रहरी प्रभाग, बसपार्कको टोलीले उनलाई १० कात्तिकमा सामाखुशीमा म्यारिज खेलिरहेका बेला जुवाखालबाट एक लाख ५९ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको थियो । प्रहरीले शाहीसंगै घरधनी सोमबहादुर मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा चलाइएको थियो । प्रशासनले शाहीलाई २० हजार धरौटीमा छाड्ने आदेश दिएपनि शाहीमाथि लागेको मुद्दाको अन्तिम किनारा नलाग्दै जंगीअड्डाले जिम्मेवारीमा फर्काएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार जुवा सम्बन्धी कसूरको अन्तिम फैसला आउन ३ महिनादेखि एक वर्षसम्म लाग्नसक्छ ।

यो मुद्दा सैनिक अदालतबाट चलेको भए कसूर प्रमाणित नभएसम्म थुनामै राखेर अनुसन्धान हुनसक्थ्यो । तर भदौ दोस्रो साता सर्वोच्च अदालतले ब्यारेक बाहिर सेनाले गरेको अपराधजन्य कार्यमा ‘कोर्ट मार्सल’ लगाउन नपाइने व्याख्या गरिदियो ।