२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख अर्यालसँग चिनियाँ राजदूत माओमिङको भेट



अ+ अ-

काठमाडौँ ।  सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो ।

सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र नयाँ प्रविधि प्रवद्र्धनमा केन्द्रित रहेको उल्लेख गर्दै चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको बताउनुभयो । सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै उहाँले राजनीतिक संक्रमणकालमा चीनले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले संघीय संसदका दुवै सदन, संसदीय समितिहरू र मैत्री समूहमार्फत अन्तरसंसदीय सहकार्य विस्तार गरिने उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रभावकारी र उत्कृष्ट संसद निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, सन् २०२२ डिसेम्बर १२ मा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारीलाई कार्यान्वयन गर्दै विधायिकी निकायबीच सहकार्य अभिवृद्धि गरिने बताउनुभयो ।

सभामुख अर्यालले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा कनेक्टिभिटी सुदृढीकरणमा जोड दिँदै बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यान्वयनमा गति दिनुपर्ने धारणा राख्नुभयो । साथै, बहुपक्षीय मञ्चहरूमा सहकार्य, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको संविधानअनुसार आवश्यक कानुन निर्माणलाई तीव्रता दिने, निजी क्षेत्रको मनोबल बढाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवा नेतृत्वले देशको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । साथै, विश्वमा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै नेपाल शान्ति, संवाद र सहकार्यको पक्षमा रहेको बताउनुभयो ।

भेटमा राजदूत माओमिङले सभामुखसँगको भेटलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश तथा बधाई पत्र हस्तान्तरण गर्नुभएको जानकारी दिनुभयो । उहाँले नेपाल–चीन सम्बन्ध असल छिमेकी, आपसी सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै सन् २०१९ मा ह्ष् व्ष्लउष्लन को नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो ।

राजदूत माओमिङले चीनले नेपाललाई महत्वपूर्ण छिमेकीका रूपमा लिँदै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै ताइवान र तिब्बतसम्बन्धी नेपाल नीति निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नयाँ सरकारको सुधार, सुशासन, आर्थिक विकास र स्थायित्वका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै युवा नेतृत्वले नेपालमा नयाँ ऊर्जा र सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, प्रतिनिधिसभा र राष्ट्रिय जनकंग्रेसबीच सहकार्य विस्तार, उच्चस्तरीय भ्रमण आदानप्रदान तथा अनुभव साझेदारी आवश्यक रहेको बताउनुभयो ।

राजदूत माओमिङले चीन–नेपाल सहकार्यअन्तर्गत पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन तथा विकास परियोजनाहरूमा सहकार्य बढाउने उल्लेख गर्दै संघीय संसद सचिवालयलाई विद्युतीय सवारी साधन सहयोग गरिएको जानकारी दिनुभयो । साथै, उहाँले सभामुख, सांसद तथा संसदीय पदाधिकारीहरूलाई चीन भ्रमणको निम्ता दिनुभयो ।

उहाँले विश्वमा देखिएका द्वन्द्व र अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै युद्धभन्दा शान्ति र विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

भेटका क्रममा दुवै पक्षले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउँदै संसदीय, आर्थिक, प्राविधिक तथा जनस्तरका सहकार्यलाई विस्तार गर्ने सहमति जनाएका थिए । साथै, शान्ति, स्थायित्व र साझा समृद्धिका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य बढाउनेमा जोड दिएका थिए ।