५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्स लिनेको राधेराधेमा भिड, यस्तैगरी वितरण गरे ६ महिना लाग्ने



अ+ अ-

भक्तपुर: सरकारले सवारी लाइसेन्स छपाइ र वितरणलाइ तिब्रता दिइरहेको बताएको छ । मोबाइलमा नयाँ लाइसेन्स छापिएर आएको खबर पाएर मख्ख परेका सेवाग्राही यातायाता कार्यालयमा पुग्दा आश्चर्यमा परेका छन् ।

खासगरी उनीहरूलाइ नयाँ लाइसेन्स लिन घन्टौ लाममा बस्नुपर्ने बाध्यता छ । धेरै लामो समयदेखि लाइसेन्स वितरण नभएका कारण ठूलो संख्यामा सेवाग्राही आफ्नो लाइसेन्स पाउने आकाँक्षामा देखिन्छन् ।

भक्तपुरको राधेराधे स्थित यातायात कार्यालयमा आज दिउँसो १२ बजे पनि यस्तै अवस्था थियो । हाम्रा संवाददाताले त्यहाँ सेवाग्राहीको लामो भिडको तस्बिर लिएका छन् ।

यहाँ आजभोलि बिहान ६ बजेदेखि सेवाग्राहीहरू लाइसेन्स लिन लाइन बस्छन्, ५ बजेसम्म नै भिड हुन्छ । दैनिक एक हजार लाइसेन्स वितरण गर्दै आएको कार्यालयले यही गतिमा वितरण हुँदा ६ महिना लाग्ने जनाएको छ ।

तस्बिरः न्युजपोलार