११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्ष आर्थिक वृद्धि दर ३.८५ प्रतिशतमा सीमित हुने, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमानअनुसार अर्थतन्त्रमा मध्यम स्तरको विस्तार हुने प्रक्षेपण गरिएको हो ।

कार्यालयका अनुसार विभिन्न आर्थिक गतिविधिमा क्रमिक सुधार देखिए पनि समग्र वृद्धिदर अपेक्षाभन्दा कम रहने संकेत गरिएको छ ।

यसैगरी, चालु आवमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । उत्पादन, सेवा तथा अन्य क्षेत्रमा हुने विस्तारका आधारमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार वृद्धि हुने अपेक्षा गरिएको हो ।