१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

विद्यालयमा विद्यार्थी पठाएमा अभिभावकले रुपैया पाउने

विद्यालयमा विद्यार्थी पठाएमा अभिभावकले रुपैया पाउने
अ अ+ अ-

अमरगढी । दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभावकलाई दैनिक रु १५ दिइने भएको छ । अमरगढी नगरपालिकामा दैनिक दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभाकलाई दैनिक रु १५ का दरले भुक्तानी दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्रका २७ विद्यालयका बालविकासदेखि ५ सम्मका एक हजार ८२५ विद्यार्थीलाई दैनिक उक्त सेवा उपलब्ध गराउने गरेको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा कक्षा ५ सम्मका विद्यार्थीलाई एक आर्थिक वर्षको १८० दिनसम्म सो सुविधा दिने व्यवस्था अनुसार नगरपालिकाका विद्यालयमा दिवा खाजा कार्यक्रम मङ्सिर १ गतेबाट शुरु गरिएको नगरपालिकाका शिक्षा प्रमुख शाखा अधिकृत हेमन्त पन्तले बताउनुभयो ।

विद्यार्थीले टिफिनमा मकै, चिउरा, चना, आलु, खिचडी, पुरी तरकारी, साग, रोटी र जाउलो जस्ता खाजाका परिकार दैनिकरुपमा ल्याउनेगरी गरी पहिलो चरणमा अभिभावकको भेला गरी दिवा खाजा अभियान शुरु गरिएको उहाँले बताउनुभयो ।

अमरगढी–७ को उग्रतारा मावि कक्षा ५ मा अध्ययनरत छात्रा आशा रैकालले अहिले दैनिक आमाले खाजाको टिफिन तयार गरेर विद्यालय पठाउने गरेकाले दिनभरि अध्ययनमा रुचि रहने गरेको बताइन् । यस्तै दिवा खाजा कार्यक्रम शुरु भएयता विद्यालयमा आउने विद्यार्थीको उपस्थितिमा निकै बढेको शम्भुनाथ आधारभूत विद्यालय अमरगढी–६ का शिक्षक भक्त विकले बताउनुभयो । पहिले ७० देखि ८० प्रतिशत विद्यार्थी दैनिक उपस्थित हुने गरेपनि अहिले दैनिक शतप्रतिशतसम्म विद्यार्थी उपस्थित हुने गरेको उहाँले बताउनुभयो । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थी नै कम उपस्थित हुने भएकाले अहिले उनीहरुलाई प्रोत्साहनस्वरुप दिवा खाजा भएको शिक्षक विकले बताउनुभयो ।