८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिनमा पाँच लाख २६ हजार भेटी सङ्कलन



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीका दिनमा मात्रै रु पाँच लाख २६ हजार बढी भेटी सङ्कलन भएको छ ।

पर्वका अवसरमा गलेश्वरको दर्शन, पूजापाठ र शत्बीज छर्न आएका भक्तजनले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका कक्षको शुल्कसमेत गरी रु पाँच लाख २६ हजार १२३ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

भक्तजनले चढाएको भेटिलाई सुरक्षाकर्मीको रोहोबरमा गणना गरी बैँकमा जम्मा गरिँदै आएको छ । यस वर्षको बालाचर्तुदशीमा गलेश्वरमा अहिलेसम्मकै बढी भक्तजन भित्रिएका कारण भेटी रकम समेत बढी सङ्कलन भएको कोषाध्यक्ष पुनले बताउनुभयो ।

कालीगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा सोमबार शत्बीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको थियो । यसवर्षको बालाचर्तुदशीमा आएका भक्तजनको सङ्ख्या अहिलेसम्मकै धेरै रहेको र सङ्कलन हुने भेटी रकमसमेत बढेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

सोमबार बालाचर्तुदशीको अवसरमा गलेश्वरमा ५० हजार बढीले दर्शन तथा पूजापाठ गरेका कोषले जनाएको छ । बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शत्बीज छर्ने चलन छ । शत्बीज छर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, काठमाडौँ, चितवन, नवलपरासी लगायतका ठाउँबाटसमेत ठूलो सङ्ख्यामा भक्तजन गलेश्वर आएका कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।