१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पर्वतका दुई सहकारीको जालसाजी धन्दा, के गर्दैछ सम्बन्धित निकाय ?

पर्वतका दुई सहकारीको जालसाजी धन्दा, के गर्दैछ सम्बन्धित निकाय ?
अ अ+ अ-

गोपाल जिसी, पर्वत । कुश्मा नगरपालिका वडा नं ६ की कल्पना विश्वकर्माले पर्वतका दुई सहकारीबाट ऋण लिईन् । आफै शेयर सदस्य रहेको कुश्मा–६ स्थित सदाबहार विश्वास कृषि सहकारी संस्था लि.बाट २० लाख र ऋणी सदस्य रहेकी कुश्मा–५ स्थित सिताराम कृषि सहकारी संस्थाबाट १० लाख रुपैयाँ ऋण लिईन् ।

२०७३ साल ६ महिना १८ गते सदरमुकाममा रहेको २२९६ नं कित्ताको घडेरी जग्गा धितो राखि लिएको २० लाख रुपैयाँको साँवा व्याज तिर्दै आएकी विश्वकर्मालाई सहकारीले ऋण तिर्न मानसिक दबाब दिदैं आयो ।

सहकारीबाट जग्गा धितो राखी २० लाख ऋण लिंएकी विश्वकर्माले ऋण लिंदा सही छाप लगाएको तमसुक, त्यसपछि बारम्बार थप भएका तर नच्यातिएका तमसुक र सहकारीलाई दिएको ब्लैंक चेकले अहिले उठीबास लगाएको ऋणी कल्पना विश्वकर्माले बताईन् ।

यता १० लाख ऋण उपलब्ध गराएको सिताराम सहकारीले पनि सोच्दै नसोचेको जालसाजपूर्ण कार्य गरेको ऋणी कल्पना विश्वकर्माको गुनासो छ । सिताराम कृषि सहकारी संस्थाले पनि संस्थामा सहीछाप लगाएको दुईवटा तमसुकको दुरुपयोग गर्दै एउटा व्यक्ति र अर्को सहकारीका नाममा तमसुक बनाएर ११ लाख ऋण तिर्न मानसिक दबाब दिएको विश्वकर्माको भनाई छ ।

ऋण लिंदा संस्थाको नियम भन्दै बजारी तमसुकका दुईवटा लिफामा सही छाप लगाएको र ऋण तिर्दा एउटै ऋण दुईवटा साहु बनेर आएपछि झनै पीडित बनेकी छु विश्वकर्माले भनिन् ‘सिताराम कृषि सहकारी संस्थाबाट १० लाख ऋण लिंदा ब्लैंक चेक समेत दिएकीले झनै अप्ठ्यारोमा परेकी छु ।’

विश्वकर्माले ऋण लिंदाका बखत दुवै सहकारीलाई ब्लैंक चेक दिएको र उक्त ब्लैंक चेकको आडमा फर्जि ऋण बनाईदिने भन्दै धम्की समेत आएको बताईन् ।

सहकारीबाट लिएको ऋणको चर्को व्याज र हर्जनाले सडकमा पुगेकी ऋणी कल्पना विश्वकर्माले अहिले सदाबहार विश्वास कृषि सहकारी संस्था लि.लाई २७ लाख र सिताराम कृषि सहकारी संस्थालाई ११ लाख बढी रकम तिुर्नपरेको छ ।

सदावहार विश्वास कृषि सहकारीको ऋण लिंदा धितो राखेको जग्गा सोही सहकारीले ग्राहक खोजी बिक्री गरिदिएको र सहकारीलाई तिर्नुपर्ने सबै रकम ग्राहकले तिरिदिंदा पनि ऋणीले नबुझाएको भन्दै मुद्दा मामिलामा लागेको विश्वकर्माले बताईन् ।

सहकारी मार्फत बनाइएका जालसाजपूर्ण ऋणले आक्रान्त बनेकी विश्वकर्माले सहीछाप लगाएका तमसुकहरु पछि च्यातौला, नष्ट गरौंला भन्दै आलटाल गरी अहिले ति नै तमसुक र ब्लैंक चेकको दुरुपयोग गरी सहकारी संस्थालाई नै बदनामी गर्ने कार्य सहित ऋणीलाई टाट पल्ट्याउने धन्दामा लागेको भन्दै आँशु झारिन् ।

यता सिताराम कृषि सहकारी संस्थाका प्रवन्धक कमल तिवारीले आफ्नो सहकारीले ऋणीको उठीबास लाग्ने गरी कुनैपनि काम नगरेको बताए । उनले भने सहकारीको नियमानुसार ऋण लगेका ऋणीसँग नियमनुसार नै ऋण उठाउने गरेको बताए ।