८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्र विकास कोषलाइ विद्युतीय सवारी



अ+ अ-

काठमाडौं । भारतीय दूतावास काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाइ दुइवटा विद्युतिय सवारी सहयोग गरेको छ । दूतावास अन्तर्गतको भारतीय महिला संघले कोषलाइ तीन पाँग्रे दुइ सवारी साधन हस्तान्तरण गरेको हो । संघकी अध्यक्ष नम्रता पूरीले बुधबार कोषका सदस्यसचिव डाक्टर प्रदिप ढकाललाई पशुपति मन्दिर परिसरमै आठ सिट भएको उच्चतम ‘लिथियम आयन ब्याट्री’ सहितका दुईवटा विद्युतीय सवारी हस्तान्तरण गरेकी छन् । यी वातावरणमैत्री सवारी भारतीय कम्पनी गायाम मोटर वक्र्सले निर्माण गरेको हो ।

यी वातावरणमैत्री सवारी विशेषगरी पशुपति मन्दिर दर्शन गर्न आउने जेष्ठ नागरिक, असक्षम, बालबालिका र महिलाहरुका लागि उपयोगी हुने पूरीले विश्वास व्यक्त गरिन । साथै यी सवारीले दुईजना महिलालाई रोजगारीको अवसर पनि प्रदान गर्नेछ । यो सहयोगले नेपाल भारतबीचको धार्मिक एवम् सांस्कृतिक सम्बन्धको निकटतालाइ दर्शाएको दूतावासको विश्वास रहेको छ ।

भाारतीय दूतावासको संरक्षकत्वमा संचालित भारतीय महिला संघ एक सङ्गठन हो जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ । यस संघले भारतीय र नेपाली महिलाबीच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै दुवै मुलुकका विभिन्न समुदायबीच सद्भाव र मित्रतालाई प्रवद्र्धन गर्ने काम गर्दछ ।

संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ । हालै यस संघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु सन्चालन गरेको छ ।