८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा दुई दिन जोर-बिजोर प्रणाली लागू हुने



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अवसरमा चक्रपथभित्र दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ। ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा सहज होस भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ।

साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताए।

जसअनुसार साग उद्घाटनको दिन अर्थात १५ गते बिजोर नम्वरका सवारीसाधन मात्रै संचालन हुने छन् भने समापन हुने दिन २४ गते जोर नम्वर प्लेटका सवारीमात्र संचालन हुनेछन्।

त्यस्तै ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ। सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।