१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सुरक्षण मुद्रण केन्द्रलाई सूचीकृत गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त केन्द्रलाई व्यापारिक कारोबारसमेत गर्न सक्ने गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने ढाँचामा सञ्चालन गर्ने उद्देश्यसहित सूचीकृत गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार सो निर्णयसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ । सरकारले यस कदममार्फत सुरक्षण मुद्रण केन्द्रको कार्यक्षमता अभिवृद्धि गर्दै सेवा विस्तार र प्रतिस्पर्धात्मकता बढाउने लक्ष्य लिएको बताइएको छ ।