३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियमको मूल्यवृद्धि र सुकुम्बासी समस्यामा सरकारलाई काँग्रेसले गरायो ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजारमा अचाक्ली मूल्यवृद्धि बढेको भन्दै काँग्रेसले चिन्ता व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले सीमानाकामा भएका कठिनाइ र पेट्रोलियमको मूल्य वृद्धिका कारण सामान्य नागरिकको चुलो र दैनिक जीवन प्रत्यक्ष प्रभावित भएको बताउनुभएको हो । बजारमा रहेका कृत्रिम अभाव र मूल्यवृद्धिलाई कडाइका साथ अनुगमन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रवक्ता चालिसेले भदौ २३ र २४ गते भएको जनधनको क्षतिको सन्दर्भमा सरकारको मौनतामाथि प्रश्न उठाए । जनतालाई विश्वास लाग्ने गरी अनुसन्धान समिति बनाउन बारम्बार माग गरिरहेको स्पष्ट पारे ।

सुकुम्बासी समस्याको समाधानबारे बोल्दै चालिसेले कुनैपनि नागरिक बेघर हुन नहुने बताए। संविधानले प्रदत्त गरेको गाँसबास, खाद्य सुरक्षा र रोजगारीको अधिकार संरक्षण गर्नु सरकारको अभिभावकीय दायित्व भएको उनको तर्क छ । यद्यपि, गैरकानूनी र अतिक्रमित क्षेत्रबारे सरकारको आफ्नै क्षेत्राधिकार भएपनि जनताको आधारभूत स्वतन्त्रता र अधिकारको रक्षा हुनुपर्नेमा उनले जोड दिए।