१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

चियाका बेर्ना उत्पादन शुरु

चियाका बेर्ना उत्पादन शुरु
अ अ+ अ-

खोटाङ । साकेला गाउँपालिका–३ खिदिमामा चियाका बेर्ना उत्पादन शुरु गरिएको छ । कृषि पर्यटनको विकास गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिकाले लेकाली क्षेत्रका खाली जग्गा र नाङ्गो पाखामा व्यावसायिक चियाखेती विस्तार गर्न बेर्ना उत्पादन शुरु गरेको हो ।

गाउँपालिकाको रु दुई लाख र थामडाँडा–टेम्के–सिलिचुङ (टिटीएस) कृषि सहकारी संस्था भोजपुरको रु तीन लाख ४५ हजार लगानीमा काल्छिङ खोला चिया उत्पादक कृषि समूहले बेर्ना उत्पादन शुरु गरेको कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो । कृषि समूहले गत भदौमा एक लाख पाँच हजार बोट चियाका बोट लगाएको छ ।

गाउँपालिकाको टेम्केडाँडा, तावाभञ्ज्याङ, डम्बरेटार, भुस्याहाडाँडा, सेल्मेलगायतका खाली जग्गामा चियाखेतीको राम्रो सम्भावना देखिएकाले व्यावसायिक खेती विस्तारको काम थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । “लेकाली भेगमा रहेको खाली तथा नाङ्गो जग्गा गाईवस्तुको चरण क्षेत्रका रूपमा मात्र प्रयोग भइरहेको छ”, उहाँले भन्नुभयो, “सदुपयोगविहीन जग्गामा व्यावसायिक चियाखेती विस्तार गर्दै बेरोजगार युवालाई आफ्नो गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न गाउँपालिकाले नीति तथा कार्यक्रम नै पारित गरेको छ ।”

काल्छिङ खोला चिया उत्पादक कृषि समूहले चियाको बेर्ना उत्पादन गर्न ५० वर्षका लागि ५० रोपनी जग्गा भाडामा लिएको जनाइएको छ । कृषि समूहले क्रमशः क्रमागतरुपमा चियाको नर्सरी उत्पादनको मात्रा पनि वृद्धि गर्दै जाने जनाएको छ । हाल लगाइएको बेर्ना एक वर्षदेखि १८ महिनासम्ममा रोप्न योग्य हुने र तोकिएको क्षेत्रमा लगेर रोप्न थालिने जनाइएको छ । चियाको बेर्ना परिपक्व भएपछि कृषि समूहमा आबद्ध किसानले आ–आफ्नो खाली र नाङ्गो जग्गामा लगेर रोप्न शुरु गर्नेछन् ।

चिया बगानका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै कन्यामलाई झैँ पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ । कृषक समूहले लगाएको बेर्ना तयार भएपछि खिदिमाका सयौँ रोपनी जग्गामा चियाको ब्लक निर्माण गरिने गाउँपालिका प्रमुख खड्काले बताउनुभयो । बेर्ना रोपेको तीनदेखि पाँच वर्षपछि चिया टिप्न योग्य बन्ने कृषि शाखा प्रमुख राईले जानकारी दिनुभयो । गाउँपालिकाले खिदिमापछि बाँझेच्यानडाँडामा पनि चियाको ब्लक निर्माण गर्ने लक्ष्य लिएको छ ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित बुवालुङको माथिल्लो भेगमा पनि सम्भाव्यता अध्ययन गरिएको थियो । सम्भाव्यता अध्ययन तथा तालीम दिन आउनुभएका राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाका चिया प्राविधिक नवीन कोइरालाले दोर्पाचिउरीडाँडा चियाका लागि उपयुक्त ठाउँ रहेको बताउनुभएको थियो ।

दोर्पाचिउरीडाँडामा यसअघि स्थानीयवासीले बिना ज्ञान, सीप लगाएका चियाको उत्पादन तथा गुणस्तर राम्रो रहेकाले व्यावसायिक चिया खेती गर्न सकिने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले जनाएको छ । करीब एक हजार ७०० देखि दुई हजार मिटर उचाइमा रहेको दोर्पाचिउरीडाँडामा इलामको भन्दा गुणस्तरीय चिया उत्पादन हुने जनाइएको छ ।

पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं २ को सोल्मा, वडा नं ३ को बाम्राङ, वडा नं ६ को नेर्पा, वडा नं ८ को दोर्पाचिउरीडाँडा र वडा नं ९ को निर्मलीडाँडालाई चियाको पकेट क्षेत्र बनाउने तयारी गरेको छ । पाँच वडालाई चियाखेतीको पकेट क्षेत्र घोषणा गरेको नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम पारित गरेलगत्तै वडा नं ८ कार्यालयले सम्भाव्यता अध्ययन गरेको हो ।