३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसनल प्याब्सन कास्कीले दियाे नेपाली भाषा शिक्षकलाई क्षमता अभिवृद्धि तालिम



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले संस्थामा आबद्ध विद्यालयका नेपाली भाषा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइतबार पोखरामा एकदिने कार्यशाला सम्पन्न गरेको छ।

शाखा अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा डाक्टर देवी नेपालले सहजीकरण गरेका थिए। उनले विधागत शिक्षण, वर्ण विन्यास, व्याकरण र रचना शिक्षणका साथै त्रुटि पहिचान तथा निराकरण र प्रयोगात्मक सिकाइका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा बोल्दै उनले भाषिक शुद्धता र निरन्तर अभ्यासले मात्र शैक्षिक तथा सिर्जनात्मक क्षमतामा सफलता हासिल गर्न सकिने उल्लेख गर्दै शिक्षकहरूलाई सिद्धान्तभन्दा व्यवहारमा जोड दिन र विद्यार्थी केन्द्रित शिक्षण पद्धति अपनाउन आग्रह गरे।

कार्यक्रमको सञ्चालन नेसनल प्याब्सन कास्कीका उपाध्यक्ष विकल पौडेलले गरेका थिए। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी र केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाटलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यशालामा नेसनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका ६० भन्दा बढी नेपाली भाषा शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यशाला उपयोगी र फलदायी भएको प्रतिक्रिया दिएका छन्।कार्यक्रममा ऐरावती र प्रसिद्ध प्रकाशनले प्राज्ञिक सहयोग गरेका थिए।