८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागार नहुँदा कैदीबन्दी राख्न समस्या



अ+ अ-

नवलपुर । नवलपरासीपूर्व नवलपुरमा कारागार नहुँदा कैदीबन्दी राख्न समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयले कैदीबन्दीलाई छिमेकी जिल्लामा रहेको कारागार पठाउनुपर्ने बाध्यता रहेको छ ।

नवलपरासी जिल्ला पूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन भएपछि जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्व दुई वर्षअघि स्थापना भएको हो । यहाँ कारागार नहुँदा कैदीबन्दीलाई चितवनस्थित कारागारमा पठाउने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

जिल्लामा कारागार नहुँदा कार्यालयलाई आर्थिक भारसमेत थपिएको उहाँले बताउनुभयो । जिल्ला बाहिरका कारगार ल्याउने लैजाने गर्दा यातायात खर्च बढेको उहाँले जानकारी दिनुभयो । अर्कोतिर सुरक्षाकर्मीलाई कैदीबन्दी लिएर चितवन पठाउनुपर्दा जनशक्ति अभावसमेत हुने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा कारागार निर्माण गर्ने बारेमा सम्बन्धित पक्षसँग छलफल र पहल गर्ने काम भइरहेको छ । नयाँ जिल्ला भएकाले सबै संरचना नयाँ निर्माण गर्नुपर्ने हुँदा केही अप्ठ्यारो परेको उहाँको भनाइ छ । स्थानीय तह तथा केन्द्रका सरोकारवाला पक्षसँग कारागार निर्माणका लागि पहल गरिरहेको रानाभाटले बताउनुभयो ।

नवलपुरबाट चालू आर्थिक वर्षको अहिलेसम्म ६३ कैदीबन्दीलाई चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका टीकाराम पोखरेलले जानकारी दिनुभयो । सोमा चार महिला र ५९ पुरुष रहेका छन् । यस्तै गत आर्थिक वर्षमा तीन महिला र १३९ पुरुष गरी १४२ कैदीबन्दीलाई चितवन कारागार पठाइएको पोखरेलले जानकारी दिनुभयो ।