१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सुरक्षित वासस्थान माग्दै बालापुरवासी

सुरक्षित वासस्थान माग्दै बालापुरवासी
अ अ+ अ-

बाँके । गाउँमा बाघले मान्छे खान थालेपछि त्रसित बनेका बाँकेको राप्तीसोनारी गाउँपालिका–८, बालापुरका स्थानीयवासीले सुरक्षित वासस्थानको माग गरेका छन् । बाँके राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयवासीले सुरक्षित वासस्थान माग गरेका हुन् ।

निकुञ्ज क्षेत्रका बासिन्दाले सुरक्षा जोखिम बढ्न थालेको भन्दै सुरक्षित वासस्थानको व्यवस्था गर्नुपर्ने बालापुरका स्थानीयवासी देवबहादुर सिंहले बताउनुभयो । उहाँले बालापुरवासीले त्रसित जीवन बिताउनु परेको भन्दै सुरक्षित आवासको माग गर्नुभयो । ‘‘सुरक्षित बासस्थानका लागि सरकारले पहल गर्नुपर्छ,’’ उहाँले भन्नुभयो ।

निकुञ्ज नजिकैका बस्तीका मानिसमाथि कतिबेला बाघले आक्रमण गर्छ भन्ने चिन्तामा त्रासमा जीवन बिताइरहेको लालसिंह बस्नेतको भनाइ छ । ‘‘हिंस्रक बन्दै गएका वन्यजन्तुका कारण कति दिन बस्तीका मानिस त्रासमा गुजारा गर्ने रु वन्यजन्तुका कारण भौतिक सम्पत्ति र खेतीबाली नोक्सानीको अवस्था पनि निकै दःुखदायी बन्दै गएको छ,’’ बस्नेतले भन्नुभयो ।

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

बाँकेमा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीयवासी त्रसित बनेका हुन् । वन्यजन्तुबाट सिर्जित मानव जोखिम, बस्तीका कष्ट र पछौटेपनको समुचित व्यवस्थापनका लागि सरोकारवालाले चासो नदिएको स्थानीयवासीको गुनासो छ । प्रभावित जनताले जनधनको जोखिम बेहोर्नुपरेको छ । अधिकांशले अनाहकमा ज्यान गुमाइरहेका छन् ।

निकुञ्ज क्षेत्रमा बाघ आक्रमणका घटना बढ्दै गएको र मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्न थालेसँगै स्थानीयवासीसँग छलफल गर्न गाउँ पुग्नुभएका बाँके क्षेत्र नं १ का सङ्घीय सांसद महेश्वर गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीले स्थानीयवासीलाई सुरक्षित वासस्थानका उत्तम विकल्प निकाल्न आग्रह गर्नुभयो ।

उहाँहरुले निकुञ्जले तत्काल प्रतिफल दिन नसके पनि भविष्यमा जीविकोपार्जनका लागि बस्ती स्थानान्तरण गर्न चाहेमा त्यसका लागि पहल गर्ने बताउनुभयो । उहाँहरुले मध्यवर्ती क्षेत्रका बासिन्दालाई सर्तक र सजग रहन आग्रह गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न आवश्यक पहल गर्ने बताउनुभयो ।

एक महिनाअघि मात्रै दुई दिनको अन्तरमा बाघको आक्रमणबाट बालापुर र खड्कबारमा दुई महिलाको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् । गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँ बस्तीकी ६५ वर्षीया काली बस्नेत र कात्तिक २७ गते राप्तीसोनारी–८ बालापुरकी ६० वर्र्षीया ठगी खड्काको मृत्यु भएको थियो ।

विसं २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सात जनाको मृत्यु भइसकेको छ । बाघको आक्रमण बढेसँगै बाँकेमा मात्र नभई बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका नागरिक त्रसित छन् । राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएको र आहारा विस्तारै कम हुन थालेपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ ।

निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताउनुभयो । संरक्षित वन क्षेत्र पर्याप्त देखिए पनि वन्यजन्तु बस्तीमा मात्र होइन, शहर पस्न थालेपछि चुनौती देखिएको उहाँको भनाइ छ । 

निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको स्थानीयवासीको गुनासो छ ।

वन्यजन्तुबाट हुने क्षतिबापत सरकारले क्षतिपूर्ति दिने गर्छ । निर्देशिका अनुसार मानव मृत्यु, अङ्गभङ्ग खेतीबाली नोक्सानी र पाल्तु जनावरको क्षतिमा क्षतिपूर्तिको व्यवस्था छ । न्यून रहेको क्षतिपूर्ति व्यवस्थाभन्दा वन्यजन्तु बस्तीमा आउन रोक्नु उत्तम उपाय भए पनि निकुञ्जले बस्ती आसपास तारबार वैकल्पिक व्यवस्था गर्न नसकेको स्थानीयवासीको गुनासो छ ।

मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि मानव–वन्यजन्तु बढ्न थालेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ । ‘बाघ र अन्य वन्यजन्तु निकुञ्जबाट मानवबस्तीमै प्रवेश गर्न थालेपछि सुरक्षा चुनौती थपिएको छ,’ उहाँले भन्नुभयो,“मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सम्बन्धित निकायले दीर्घकालीन रणनीति बनाएर लाग्नुपर्छ ।”

संरक्षित जनावरको आक्रमणबाट मृत्यु भएका परिवार र अङ्गभङ्ग भई अपाङ्गता भएकालाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउनुपर्छ । बाँके निकुञ्जमा २१ र बर्दिया निकुञ्जमा ८७ वटा पाटेबाघ रहेको सरकारी तथ्याङ्क छ । बाघको सङ्ख्या बढे पनि आहारा कम हुँदा मानवबस्तीमा पुगेर वन्यजन्तुले आक्रमण गर्न थालेको स्थानीयवासीको भनाइ छ ।