८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण चाँडै शुरु गरिने



अ+ अ-

ताप्लेजुङ । तमोर मेवा जलविद्युत् आयोजना निर्माणका लागि स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी अन्तिम तयारीमा जुटेको छ । एक सय २८ मेगावाट क्षमताको आयोजना प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि विद्युत् विकास विभागको पछिल्लो निर्देशन अनुसार थप अध्ययनको कार्य गरिरहेको छ ।

गतवर्ष नै विद्युत् विकास विभागलाई उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि बुझाएका अध्ययन प्रतिवेदन र तथ्याङ्क पुष्टिका लागि अन्तिम तयारीस्वरुप थप अध्ययनमा जुटेको प्रवद्र्धक कम्पनीले जनाएको छ । “विद्युत् उत्पादन अनुमतिपत्रका लागि रु ४० लाख दस्तुरसहित सम्पूर्ण अध्ययन प्रतिवेदनसहित विद्युत् विकास विभागमा दरखास्त दिइएकामा विभागद्वारा १०० मेगावाट माथिको आयोजनका लागि तोकिएको नयाँ मापदण्डअनुसार थप अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन भएको छ, सोही अनुसार अहिले भौगर्भिक अध्ययनका लागि आवश्यक काम गरिरहेका छौँ”, प्रवद्र्धक कम्पनीका प्रबन्धक भानेन्द्रकुमार लिम्बूले भन्नुभयो ।

उहाँका अनुसार गत वर्षको पुस ५ गते उत्पादन अनुमति पत्रका लागि दस्तुरसहित दरखास्त पेश गरिएको थियो । विभागको निर्देशन अनुसार कार्यसम्पादन गर्ने क्रममा अहिले आयोजना क्षेत्रको भौगर्भिक अध्ययनका लागि ड्रिलिङको काम भइरहेको छ । इस्टमेनेजमेन्ट इञ्जिनीयरिङ सर्भिस प्रालिद्वारा तीन यन्त्रको सहायतामा २० ड्रिल होल गर्ने कार्य भइरहेको हो । उक्त काम आगामी फागुनसम्ममा सम्पन्न गरिसक्ने र अरु पक्रियामा अघि बढ्ने प्रवद्र्धक कम्पनीको तयारी छ ।

अनुमति पत्र लिने प्रक्रियमा नै लामो समय बितेकाले निर्माण शुरु गर्न ढिलाइ हुँदै आएको प्रबन्धक लिम्बूको भनाइ छ । अर्को वर्षको शुरुवातमा नै अनुमति पत्र प्राप्त हुनेमा ढुक्क रहेकाले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने उहाँको दाबी छ । अनुमति पत्र प्राप्त गरेको तीन वर्षमा नै आयोजना सक्ने गरी अन्य व्यवस्थापनको काममा जुटेको उहाँको भनाइ छ ।

आयोजना सम्पन्न गर्न कूल रु २६ अर्ब १२ करोड लाग्ने बताइएको छ । सदरमुकाम फुङलिङ, आठराई त्रिवेणी गाउँपालिकाको चाँगे, हाम्पाङ, फूलबारी, मिक्वाखोला गाउँपालिकाको लिवाङ, खोक्लिङ र मेरिङदेनको लिङ्तेप, खाम्लुङ, सान्थाक्रा आयोजना प्रभावित क्षेत्र हुन् । फुङलिङ भने मुख्य प्रभावित क्षेत्रमा पर्छ ।

मेवाखोला र तमोर नदीको पानीलाई एकीकृत गरी झण्डै सात किलोमिटर दुरीको सुरुङमार्फत विद्युत् गृहसम्म पु¥याउने योजना छ । फुङलिङ नगरपालिका– ३ स्थित गुहेँलीमा ‘अन्डरग्राउण्ड’ विद्युत्गृह रहने छ । उत्पादित विद्युत् हाङ्पाङ सव स्टेशन हुँदै कोशी करिडोर प्रशारण लाइनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।