११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन: गणेश पराजुली



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले स्थानीय तहले लिने अव्यावहारिक कर तथा सुकुम्वासी समस्या समाधानमा भइरहेको ढिलासुस्तीप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ ।

आईतवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संघीय सरकारको कृषि नीतिसँग नबाझिने गरी स्थानीय तहले कर प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहलाई स्रोत व्यवस्थापन आवश्यक भए पनि त्यसका लागि अपनाइने कर नीति प्रभावकारी, व्यवहारिक र न्यायपूर्ण हुनुपर्ने उहाँको भनाइ थियो ।

पराजुलीले कृषि क्षेत्रमा प्रोत्साहन दिनुपर्ने अवस्थामा उल्टै कुखुराको अण्डा, चल्ला र कुखुरामै कर लगाइएको उदाहरण दिँदै यस्तो नीतिले उत्पादनलाई निरुत्साहित गर्ने बताउनुभयो ।

सुकुम्वासी समस्या समाधानका सन्दर्भमा उहाँले विगत ३७ वर्षदेखि विभिन्न आयोग गठन गरेर कार्यकर्तालाई जग्गा वितरण गर्ने र भोटको राजनीति गर्ने प्रवृत्ति दोहोरिँदै आएको आरोप लगाउनुभयो । वास्तविक समस्या समाधानका लागि स्थानीय र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

“अब भोटका लागि भ्रम छर्ने होइन, वास्तविक पीडितलाई न्याय दिने गरी काम अगाडि बढाउनुपर्छ,” उहाँले भन्नुभयो ।

पराजुलीले विगतका राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तनको उपलब्धि मात्र उपभोग गरेको तर जनताको जीवनस्तर सुधारमा पर्याप्त ध्यान नदिएको आरोपसमेत लगाउनुभयो । पुराना दलहरूको योगदानको सम्मान गरे पनि उनीहरूको कार्यशैलीका कारण नयाँ पुस्ता राजनीतिमा आउन बाध्य भएको उहाँको भनाइ थियो ।

रास्वपा स्पष्ट एजेन्डा र जनताको अभिमतका आधारमा अघि बढेको दाबी गर्दै उहाँले पाँच वर्षभित्र सुशासन र समृद्धिको आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, स्थानीय तहमा बढ्दो राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकताप्रति पनि उहाँले आलोचना गर्नुभयो । संघीय सरकारले पठाउने प्रशासकीय प्रमुख कुनै दलविशेषसँग आबद्ध वा झण्डा बोक्ने व्यक्ति हुन नहुने उहाँले बताउनुभयो । विगतमा दलगत स्वार्थअनुसार कर्मचारी नियुक्त गर्ने प्रवृत्तिले भ्रष्टाचार र लुटतन्त्र बढाएको उहाँको दाबी थियो ।