१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

विद्यालय समयमा टिपर रोक्न माग

विद्यालय समयमा टिपर रोक्न माग
अ अ+ अ-

बर्दिया । बर्दिया सदरमुकाम गुलरिया बजारदेखि जब्दी पुलसम्मको सडकलाई विद्यालय समयमा सुरक्षित सडक घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् । विद्यालय समयमा राधाकृष्ण चोकदेखि शुुरू हुने सडकमा अत्यधिक विद्यार्र्थीको चाप हुने र त्यस सडकमा १२ स्कुल पर्ने भएकाले दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासीले सुरक्षित सडक घोषणा गर्न माग गरेका हुन् ।

सो सडकबाट राधाकृष्ण बगलामुखी, महाकवि लक्ष्मीप्रसाद देवकोटा मावि, जनज्योति हाईयर सेकेण्डरी स्कुल, सनराइज स्कुल, लिटिल ह्याभन, बागेश्वरी बोर्डिङ, जनमुखी, बालमन्दिरलगायत विद्यालयका सयौँं विद्यार्थी आवतजावत गर्ने हँुदा दुर्घटना बढेको भन्दै बिहान साढे ८ः०० देखि साढे १०ः०० बजेसम्म र अपरान्ह ३ः०० देखि साढे ४ः०० बजेसम्म सुरक्षित सडक घोषणा गर्न माग गरिएको छ ।
सडक निकै साँघुरो र विद्यालय समयमा आधादर्जन टिपर गुड्ने हुनाले दुर्घटनाको जोखिम बढेकाले यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको सुहलेवा गाउँका मसुली चौधरीले बताउनुभयो । विद्यालय समयमा सो सडकमा बढी टिपर गुडेपछि विद्यार्थीको यात्रा असुरक्षित भएका तर्फ ध्यानाकर्षण गराउँदा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले तत्काल ट्राफिक प्रहरी परिचालन गरिने बताउनुभयो ।