८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब ३६५ दिन कार्यालय खुल्ने



अ+ अ-

बेझाड । वित्तीय क्षेत्रमा राम्रो छवि बनाएको अन्धकारमुक्त बचत तथा ऋण सहकारी संस्थाले सदस्य सेवालाई पहिलो प्राथमिकता बनाएको छ । रामपुर नगरपालिकामा सञ्चालनमा रहेको यस सहकारीले ३६५ दिन कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिँदै आएको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेल बताउनुहुन्छ ।

“सार्वजनिक बिदाका दिन तीन जना कर्मचारी र दुई जना कार्यालय सहयोगीबाट सेवा प्रवाह भइरहेको छ, सेवा नै ठूलो धर्म हो, हामी सदस्यको सेवामा निरन्तर खटिने छौँ,” उहाँले भन्नुभयो ।

अन्य वित्तीय संस्थाले सेवा दिन नसकेको, शनिबार र सार्वजनिक बिदाका समयमा अन्य कर्मचारीलाई सेवा लिन सजिलो परेको संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो । शनिबार तथा सार्वजनिक बिदाका दिन विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारी सेवा लिन आउने गरेको कर्मचारी सुमित्रा बाँस्तोला बताउनुहुन्छ । बिदाका दिन पनि सहकारीले सेवा दिँदा धेरै सहज भएको शेयर सदस्य उर्मिला राना बताउनुहुन्छ ।

विसं २०५६ पुस २० मा दर्ता भई सञ्चालनमा आएको यो सहकारी वित्तीय क्षेत्रमा नमूना सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ । सहकारीमा हाल बाल बचतसहित नौ हजार ७०९ सदस्य आवद्ध छन् ।

सहकारीमा हाल ८४ करोड बराबरको पुँजी रहेको छ । सहकारीले रामपुर नगरपालिकासहित पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ ।