१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

अब ३६५ दिन कार्यालय खुल्ने

अब ३६५ दिन कार्यालय खुल्ने
अ अ+ अ-

बेझाड । वित्तीय क्षेत्रमा राम्रो छवि बनाएको अन्धकारमुक्त बचत तथा ऋण सहकारी संस्थाले सदस्य सेवालाई पहिलो प्राथमिकता बनाएको छ । रामपुर नगरपालिकामा सञ्चालनमा रहेको यस सहकारीले ३६५ दिन कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिँदै आएको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेल बताउनुहुन्छ ।

“सार्वजनिक बिदाका दिन तीन जना कर्मचारी र दुई जना कार्यालय सहयोगीबाट सेवा प्रवाह भइरहेको छ, सेवा नै ठूलो धर्म हो, हामी सदस्यको सेवामा निरन्तर खटिने छौँ,” उहाँले भन्नुभयो ।

अन्य वित्तीय संस्थाले सेवा दिन नसकेको, शनिबार र सार्वजनिक बिदाका समयमा अन्य कर्मचारीलाई सेवा लिन सजिलो परेको संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो । शनिबार तथा सार्वजनिक बिदाका दिन विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारी सेवा लिन आउने गरेको कर्मचारी सुमित्रा बाँस्तोला बताउनुहुन्छ । बिदाका दिन पनि सहकारीले सेवा दिँदा धेरै सहज भएको शेयर सदस्य उर्मिला राना बताउनुहुन्छ ।

विसं २०५६ पुस २० मा दर्ता भई सञ्चालनमा आएको यो सहकारी वित्तीय क्षेत्रमा नमूना सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ । सहकारीमा हाल बाल बचतसहित नौ हजार ७०९ सदस्य आवद्ध छन् ।

सहकारीमा हाल ८४ करोड बराबरको पुँजी रहेको छ । सहकारीले रामपुर नगरपालिकासहित पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ ।