८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्थानीय न्यायिक समितिलाई निस्वार्थ भएर काम गर्नुपर्छ’



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले स्थानीय तहका न्यायिक समितिले निस्वार्थ भएर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले पहिलो चरणको न्याय प्रदान गर्ने ठाउँमा समिति रहेको भन्दै जनताको न्यायप्रतिको आस्था र विश्वासलाई मर्न दिन नहुने बताउनुभयो ।

प्रदेश नं ३ को मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित ‘स्थानीय तहमा न्याय सम्पादनसम्बन्धी एक दिवसीय अभिमुखीकरण’ कार्यक्रमको उदघाटन गर्दै मन्त्री लामाले समितिले जनताको न्याय मर्न नदिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

न्यायिक समितिका पदाधिकारीले सामाजिक उत्तरदायित्व पूरा गर्दै न्याय दिनुपर्ने उहाँको भनाइ थियो ।
प्रदेश नं ३ का मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले आम नागरिकलाई समेट्नेगरी तल्लो भन्दा तल्लो तहमा पुगेर न्याय दिन समितिलाई आग्रह गर्नुभयो । कार्यक्रममा मकवानपुर र चितवन जिल्लाका न्यायिक समितिका पदाधिकारी तथा कानूनी सहजकर्ताको सहभागिता छ ।