२४ भाद्र २०८३, बुधबार
,
Latest
सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली बिजक बनाएर ८७ लाखको कर छली



अ+ अ-

काभ्रेपलाञ्चोक । वस्तु तथा सेवा खरीद नै नगरी मूल्य अभिवृद्धि कर(भ्याट)को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजश्व छली गरेको तथ्य फेला परेको छ । यसरी कर छली गर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ का रामप्रसाद चौलागाईं र सोही जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ का रामकृष्ण ढकाल रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

झुटा बिजक बनाएर उनीहरुले झण्डै रु ८७ लाख बिगो बराबरको राजश्व छली गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना तथा तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको छ । मैनालीका अनुसार उनीहरुले कम्पनीमार्फत राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेकाले मुद्दा चलाइएको हो ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–९ बस्ने प्रभा इन्टरप्राइजेजका सञ्चालक रामप्रसाद चौलागाईँले रु ५९ लाख र सोही जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने जिपिसी ट्रेडर्सका सञ्चालक रामकृष्ण ढकालले झण्डै रु २८ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले जनाएको छ ।




भर्खरै