१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सागका लागि सिँगारियो रङ्गशाला

सागका लागि सिँगारियो रङ्गशाला
अ अ+ अ-

काठमाडौं । तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशाला बेहुलीझैँ सिँगारिएको छ । सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रङ्गशालामा बलेको झिलीमिली बत्तीले वातावरणलाई उत्साहित बनाएको छ । आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ ।

रङ्गशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा टाँगिएका छन् । विगत केही वर्षयतादेखि छायाँमा परेको दशरश रङ्गशालाले साँच्चिनै ध्यान तानेको छ शहरवासी र खेलप्रेमीको । रङ्गशाला मात्र होइन, राजधानी काठमाडौँ नै अहिले सजिएको छ । खेलकूदका विभिन्न ब्यानर, मस्कट चिह्न, अफिसियल राष्ट्रको चिह्न र नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ ।

सागका लागि काठमाडौंमा विदेशी खेलाडी तथा अफिसियलको आगमन पनि बढ्दो छ । तेस्रोपटक आयोजनाको मौका पाएको सागमा नेपालले कुनै कमी कमजोरी नराखी तयारीमा जुटेको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रङ्गशालामा बाँकी रहेका केही काम आज रातिसम्म सम्पन्न गरिने बताउनुभयो । “म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु, आज रातिसम्म दशरथ रङ्गशाला तयार हुनेछ”, उहाँले भन्नुभयो, “अब रङ्गशाला परिसर र खेलस्थलको केही सरसफाइको काम बाँकी छ, त्यो पनि आज रातिसम्म पूरा हुनेछ ।”

सागको टिकट व्यवस्था

सागमा हुने खेलका लागि इ–सेवाले अहिले बास्केटबल, फुटबल र भलिबल खेलका टिकट अनलाइनमार्फत बिक्री गरिरहेको छ । सागमा खेल हेर्न चाहने व्यक्तिले सागको इ–सेवाडटकमडटएनपीमा गएर टिकट खरीद गर्न सकिने राखेपले जनाएको छ । समूह चरणअन्र्गतको फुटबल खेल हेर्नका लागि दरशरथ रङ्गशलामा भीआइपी प्यारापिटतर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ रु ५०० टिकट तोकिएको छ । यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्रिकेट खेलतर्फ भने नेपालको खेल हुँदा रु ५०० र अन्य देशबीचको खेल हुँदा रु २०० टिकट मूल्य तोकिएको छ ।

त्यसैगरी सागमा काठमाडौँमा हुने सवारी जामलाई व्यवस्थित गर्नका लागि ठूूला मालबाहक सवारी साधनलाई रिङ्रोडभित्र प्रवेश नगर्न अनुरोध गरिने, दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गमा एकतर्फी लागू गर्ने, उद्घाटनका दिन रिङरोडभित्र बिजोर र समापनमा जोड नम्बरका सवारी साधनमात्र चलाउन पाउने नियम लागू गरिएको राखेपले जनाएको छ । त्यस्तै दर्शकका लागि पार्किङस्थल टँुडिखेलमा तोकिएको छ । सो स्थानमा पार्किङ गर्न काठमाडौँ मल अगाडिको ढोका प्रयोग हुनेछ । रङ्गशालाभित्र भने भीभीआइपीको सवारी पार्किङ हुनेछ ।

मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने

यही मङ्सिर १५ गते हुने सागको उद्घाटनमा हुने मार्चपासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई नेपालको झण्डा बोक्न दिने गरी सिफारिश गरिएको छ । सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिश गरेको हो ।

केही महिनाअघि मात्र राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिनुभएका पूर्वकप्तान खड्कालाई मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्न दिने गरी सिफारिश गरिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिनुभयो ।

साग काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा यही मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ । सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा विशेष समारोहबीच गर्ने कार्यक्रम तय भएको छ । राखेपका अनुसार उद्घाटनसत्र करीब सवा तीन घण्टाको हुनेछ । मार्चपासपछि नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, भूटान, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काका खेलाडी, प्रशिक्षक तथा अफिसियल आउनेक्रम शुरु भइसकेको जनाइएको छ ।