४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

कांग्रेसको किचलोः गगन विश्वप्रकाश सहमति नजुट्दा संसदीय दल नेता चयनमा सकस

कांग्रेसको किचलोः गगन विश्वप्रकाश सहमति नजुट्दा संसदीय दल नेता चयनमा सकस
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसमा कानुनी निकास निस्किएपनि यता शेरबहादुर देउवा पक्ष र पछिल्लो संस्थापन पक्ष भएको गगन थापा पक्षबीचको किचलो अझै टुंगिएको छैन । कानुनी प्रक्रिया त सर्वाेच्च अदालतले गगन थापालाई वैधानिकता प्रदान गरेपछि लगभग टुंगिएको छ, तर पनि यता पार्टीको आन्तरिक बेमेल भने कायमै छ ।

जसका कारण अहिले पनि दुवै पक्षले आआफ्ना पक्षका भेला र बैठकहरु गरिरहेकै छन् भने एक अर्काका समूह या पक्षमा बैठक या भेलामा पुगेका छैनन् । दुइमात्र होइन कि पार्टीभित्रको बेमेलले अर्काे तेस्रो पक्ष पनि जन्माएको छ शेखर कोइराला पक्षको । सर्पाेच्चको फैसलासँगै उनले देउवा पक्षका भेलामा नजाने सार्वजनिक घोषणा त गरेका छन् तर पनि यता गगन थापाको पक्षका भेला र बैठकमा पनि पुगेका छैनन् ।

जस्तो कि गत बिहीबार उनी विराटनगरमै रहेका भए पनि यता पार्टीले आयोजना गरेको निर्वाचन समिक्षा कार्यक्रममा पनि पुगेनन् । उनलाई सभापति गगन थापाले कार्यक्रममा आउन फोन गरेका थिए तर पनि उनी त्यहाँ सहभागी भएनन् ।

यता सभापतिले बोलाउँदा पनि नगएका डा कोइरालाले आफू पक्षीय नेता कार्यकर्ताहरुको भेला भने विराटनगरमै गरिरहे । यता पूर्णबहादुर खड्काको अवस्था पनि त्यस्तै छ । उनी न आफू कांग्रेसको बैठकमा सहभागी भएका छन् र नत आफू पक्षीय नेताहरुको भेला बेलाउन नै छोडेका छन् ।

यो त भयो कांग्रेसको पुरानै रोगको कुरा । तर नयाँ अर्थात् आधिकारिक मान्यता पाएको गगन थापा पक्षीय कांग्रेसमा पनि पार्टीभित्रका महत्वपूर्ण विषयहमा सर्वसम्मत हुन सकेको छैन । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । सर्वसम्मत चयनका लागि भएको प्रयासमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति जुट्न नसक्दा शुक्रबार चुनावको कार्यक्रम सुरु हुनै लाग्दा अन्तिममा आएस स्थगित भएकाो थियो ।

पार्टीमा कुरा नमिल्दा खासगरी सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माका बीचमा सहमति हुन नसक्दा अरु सबै दलले संसदीय दलको नेता चयन गरिसकेको भए पनि कांग्रेसले गर्न सकेको छैन । पार्टीका नेताहरुले यो विषयमा सभापति र उपसभापतिका बीचमा सुरुदेखि नै कुरा मिल्न नसकेको बताएका छन् । उनीहरुका अनुसार सभापति थापाले रसुवाका सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उता विश्वप्रकाशले अर्का सांसद भिष्म आङदेम्बेलाई संसदीय दलको नेता बनाउन चाहेका छन् । यसमा सहमति नजुट्दा शुक्रबार पनि अन्तिममा आएर नेता चयनको काम रोकिएको थियो ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झन्डै दुई महिना पुग्न लाग्दा पनि संसदीय दलको नेता चुन्न कांग्रेस अक्षम देखिएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन स्थगित गरेको थियो । यससँगै बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गर्न वार्ता टोली पनि गठन गरेको छ ।

यसै प्रयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन भएको छ । वार्ता टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेका छन् ।

वार्ता टोलीका सदस्य तथा पार्टीका महामन्त्री गुरुराज घिमिरे पनि आङदेम्बेकै पक्षमा रहेकाले पनि उपसभापति विश्वप्रकाशलाई बल मिलिरहेको बताइन्छ । पटक पटक सर्वसम्मतिको प्रयास र संसदीय दलको विधान संशोधनमा सहमति जुटाउन प्रयास भए पनि त्यो सम्भव भएको छैन ।

गएको फागुन २१ मा सम्पन्न निर्वाचनमा कांग्रेसबाट ३८ मध्ये प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यिनै सांसदमध्येबाट संसदीय दलको नेता छानिने हुन् । कांग्रेसमा विगतमा पनि संसदीय दलको नेता सर्वसम्मत चयन भएको छैन, निर्वाचनबाटै छानिने गरेको छ ।

अघिल्लो अर्थात् २०७९ को निर्वाचनपछि पनि महामन्त्री गगन थापा र सभापति शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भएको थियो र त्यसमा देउवा विजयी भएका थिए । यस पटक पनि निर्वाचनमै जान सक्ने देखिएको छ ।

खासमा समानुपातिक निर्वाचन प्रणालीबाट छानिएका सांसदहरुमा अधिकांश देउवा पक्षका रहेकाले उनीहरुको असहयोगको डरले सभापति थापा निर्वाचनमा जान नचाहेको बताइएको छ । देउवा पक्षका सांसदले आङ्देम्बेलाई नै मत दिने धारणा बनाएका बुझिएको छ ।