२४ भाद्र २०८३, बुधबार
,
Latest
सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय बसको अझै टुङ्गो लागेन



अ+ अ-

काठमाडौं । सरकारले साझा यातायातमार्फत खरीद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन । बस खरीदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको रु तीन अर्बको शेयर खरीद गरेको पाँच महिना बित्दासमेत खरीद प्रक्रिया अन्योलमा छ ।

सरकारले दिएको ‘स्पेसिफिकेशन’ (कस्तो बस खरीद गर्ने भन्ने विवरण) र साझाले बस खरीदका लागि गरेको तयारीमा फरक देखिएको भनी दशैँ पहिले खरीद प्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालय र संस्थाबीच दुईपटक बैठक भए पनि टुङ्गो लाग्न नसकेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताउनुभयो ।

उहाँका अनुसार बस खरीद साझामार्फत नै गरिने भए पनि कुन रूपमा गर्ने भनी टुङ्गो लाग्न नसकेको हो । उहाँले भन्नुभयो, “आगामी बैठकबाट बाँकी विषय टुङ्ग्यएर बस खरीद प्रक्रिया अघि बढाइनेछ ।” काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझाले नेपाल सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरीद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो ।

विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ ले रु ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोडका शेयर खरीद गरेका थिए । ललितपुर महानगरपालिका र साझा आफैँले रु दुई करोड ५० लाख लगानी गरेर विद्युतीय बस खरीद गर्ने बताइएको थियो ।




भर्खरै