१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपाली सेनाले एमबिबिएसकाे शुल्क समायाेजन गर्याे

नेपाली सेनाले एमबिबिएसकाे शुल्क समायाेजन गर्याे
अ अ+ अ-

काठमाडाैंः नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा सञ्‍चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट शैक्षिक वर्ष २०७३।७४ र २०७४।७५ मा भर्ना भएका एमबिबिएसका विद्यार्थीहरुको शिक्षण शुल्क समायाेजन गरेकाे सेनाले जनाएकाे छ । त्रिभुवन विश्‍वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, डिनको कार्यालयको मिति २०७६।८।११ गतेको पत्रानुसार समायोजन गर्ने निर्णय भएको सेनाकाे भनाइ छ ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सञ्‍चालक समितिको शुक्रबार बसेको बैठकबाट शैक्षिक वर्ष २०७३।७४ मा भर्ना भएका एमबिबिएस छैठौं ब्याचका विद्यार्थीहरुको शुल्क नेपाल सरकारको निर्णय बमोजिम चिकित्सा शिक्षा आयोगबाट निर्णय भई आए पश्‍चात् समायोजन गर्ने नीतिगत निर्णय भएको छ ।

त्यस्तै शैक्षिक वर्ष २०७४।७५ मा भर्ना भएका एमबिबिएस सातौं ब्याचका विद्यार्थीहरुको शिक्षण शुल्कको हकमा डिनको कार्यालयको पत्रानुसार तोकेको शिक्षण शुल्क लिने गरी समायोजन गर्ने निर्णय गरिएको छ । यसरी समायोजन गरिएको शुल्क विद्यार्थीहरुले तिर्नु पर्ने आगामी शिक्षण शुल्क किस्तामा घटाएर भुक्तानी गर्न पाउने ब्यवस्था समेत गर्ने निर्णय गरिएको छ ।

सेनाद्वारा जारी विज्ञप्तिमा नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा सञ्‍चालित उक्त स्वास्थ्य विज्ञान संस्थानले स्वास्थ्य विज्ञानको क्षेत्रमा दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्न अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउँदै स्वास्थ्य क्षेत्रमा नवीनतम ज्ञानको सृजना तथा नेपाली सेना र समग्रमा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिबृद्धि गर्नको लागि नेपाल सरकारबाट प्राप्‍त नीति नियममा रही कार्यहरु गर्ने गरेको साथै भविष्यमा समेत सोही अनुसार गर्ने नेपाली सेना सबैमा विश्‍वस्त दिलाउन चाहन्छ भनिएकाे छ ।