१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र समृद्धि – व्यवसायी ढकाल

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र समृद्धि – व्यवसायी ढकाल
अ अ+ अ-


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रको सहकार्य साँचो अर्थमा हुन सकेमात्र देशमा समृद्धि सम्भव रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ झापाको २३ औँ अधिवेशनको उद्घाटन गर्दै उद्यमी ढकालले भने– देशको आर्थिक विकास र त्यसमार्फत समृद्धिको यात्रा निजी क्षेत्रसँगको सहकार्य र सहयात्राबेगर सम्भव छैन भन्ने कुरा राज्यले बुझ्नुपर्छ ।


उनले भने– उद्योग र उद्यमीलाई सहज वातावरणको निर्माण गरिदिने दायित्व राज्यको हो र राज्यलाई जबसम्म निजी क्षेत्रले अभिभावकका रुपमा महसुश गरेर अघि बढ्न सक्दैन तबसम्म देशमा आर्थिक क्षेत्र सबल बन्न सक्दैन र आर्थिक क्षेत्रको सबलीकरण बिना देशमा समृद्धि प्राप्त हुन सक्दैन । निजी क्षेत्रले देशमा आर्थिक क्रियाकलापहरुको प्रवर्धन र अभिबृद्धिका लागि ठूलो मेहनेत गरेको वास्तविकताको मनन् गरी यस क्षेत्रलाई अघि बढ्ने वातावरण निर्माण गर्न राज्यले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।


उपाध्यक्ष ढकालले नेपालको विकासका लागि मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदको ‘निजी क्षेत्रसँगको सहकार्य’ को विकासको मोडेलको उदाहरण दिँदै सोही मोडेल अपनाउन नेपालका आर्थिक क्षेत्रका नीति निर्माताहरुलाई सुझाव पनि दिए । ढकालले भने– मलेसियाको २० वर्ष यताको चमत्कारिक विकासको मुख्य आधार निजी क्षेत्रसँगको सहकार्य नै रहेको भित्री रहस्य महाथीरले व्यक्त गर्ने गरेका छन्, हामीले पनि विकासमा यसैलाई मोडेलका रुपमा लियौँ भने राष्ट्रिय समृद्धि हाम्रै पालामा सम्भव छ, जसरी संसारले विश्वास नै गर्न नसक्नेगरी महाथीरले मलेसियाको विकास गरे सोही नीतिलाई मार्ग दर्शनका रुपमा लियौँ भने हामीले पनि धेरै गर्न सक्नेछौँ ।


केही वर्षअघि नेपाल भ्रमणमा आएका मलेसियाली प्रधानमन्त्री मोहम्मदसँगको आफ्नो भेटका क्रममा यति छोटै समयमा आफ्नै हातले मलेसियाको त्यो रुपको विकास कसरी सम्भव भयो भनी गरेको प्रश्नमा उनले यसको भित्री रहस्य अरु केही नभएर निजी क्षेत्रसँगको सही अर्थमा सहकार्य रहेको बताएको ढकालले स्मरण गरे । प्रधानमन्त्री महाथीरले भनेका थिए सेवा क्षेत्र, आयोजना एवम् बृहत्तर विकासका हरेक मोडमा निजी क्षेत्रसँगको वास्तविक सहकार्य र ‘कर्पोरेट ट्याक्स’ को समुचित र पारदर्शी व्यवस्थापन आवश्यक कुरा हन्’ उपाध्यक्ष ढकालले स्मरण गरे ।


महाथीर मोहम्मदले भनेजस्तै नेपालमा पनि निजी क्षेत्रसँगको सहकार्यका पक्षमा नीति नियम र कानुनहरु यथेष्ट मात्रामा रहेका भए पनि सोही मोडेलमा र सही अर्थमा सहकार्य भने हुन नसकेको उनको गुनासो थियो । अहिले नेपालमा स्थायी प्रकृतिको सरकार छ, राज्यले स्थानीय, प्रादेशिक र संघीय ढाँचाको निर्माण गरिसकेको छ भन्दै उपाध्यक्ष ढकालले भने– अब राज्यका यी सबै निकायले देश विकासका लागि आआफ्नो संरचनाबाट निजी क्षेत्रलाई कसरी आकर्षित गर्ने भन्ने बारेमा मात्र सोच्न म आग्रह गर्दछु ।’


कुनै पनि क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई नै राज्यले आकर्षित गर्न सक्यो भनेमात्र यी सबै कार्य सम्भव रहेको उनको भनाई थियो । तर पछिल्लो समयमा लगानी भित्र्याउन प्रदेश सरकारहरुमा देखिएको उत्साह भने प्रसंशनीय रहेको उनले बताए ।