११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक भार बोक्ने ट्रकलाई कारबाही गर्ने सरकारको चेतावनी, पालना गर्न महासंघको निर्देशन



अ+ अ-

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले मालवाहक सवारी साधनको भारवहन सम्बन्धी प्रावधान कडाइका साथ पालना गर्न आफ्ना सदस्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

महासंघले शुक्रबार सूचना जारी गर्दै नेपाल सरकार यातायात व्यवस्था विभागले वैशाख १० गते प्रकाशित गरेको सूचनालाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो।

जारी सूचनाअनुसार `मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ (संशोधन सहित)´ बमोजिम सवारी सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

निर्धारित क्षमताभन्दा बढी भार बोक्ने सवारी साधनलाई प्रचलित कानूनअनुसार जरिवाना गरिने तथा बढी भएको मालसामान अनलोड गरेपछि मात्र सवारी सञ्चालन गर्न पाइने व्यवस्था रहेको महासंघले जनाएको छ। अनलोड गरिएको सामानको व्यवस्थापन सम्बन्धित सवारीधनी स्वयंले गर्नुपर्ने पनि स्पष्ट पारिएको छ।

महासंघले आफ्ना सबै सदस्य संस्थाहरूलाई सोही प्रावधानअनुसार आफ्ना सदस्यलाई सचेत गराउँदै नियमअनुसार सवारी सञ्चालन गराउन अनुरोध गरेको छ।

त्यस्तै, हाल कार्यान्वयनमा रहेको निर्देशिका २०७४ मा अधिकतम सवारी तौल (जीभीडब्लु) लाई मात्र मान्यता दिइएको भए पनि सबै सवारीको ब्लुबुकमा जीभीडब्लु उल्लेख नभएको समस्या रहेको महासंघले औंल्याएको छ।

केही सवारीमा पेलोड र केहीमा जीभीडब्लु उल्लेख हुने अवस्थाले व्यवहारिक कठिनाइ सिर्जना गरेको भन्दै महासंघले सवारीको चक्काको आधारमा उल्लेख गरी एकरूपता कायम गर्नुपर्ने माग अघि सारेको छ।

यस विषयमा आवश्यक पहलका लागि महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग समन्वय गर्दै आएको जनाएको छ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम वानियाले नियम कार्यान्वयनमा एकरूपता ल्याउन आवश्यक सुधारका लागि पहल भइरहेको जानकारी दिएका छन्।