५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिङमा उत्कृष्ट साथ पाएपछि नेपालको जित



अ+ अ-

काठमाडौँ।  दीपेन्द्रसिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले आइसिसी विश्वकप लिग–२ मा शनिबार संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरमा शनिवारदेखि शुरु भएको त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले पाहुना टोली युएईमाथि ३७ रनको रोमाञ्चक जित निकाल्दै सुखद् शुरुवात गरेको छ ।

कमजोर लक्ष्य दिएको नेपालले बलिङमा राम्रो साथ पाउँदा जित निकाल्न सफल भयो । नेपालको जितमा दीपेन्द्रसिंहले अलराउन्ड प्रदर्शन गरे । उनले ७५ रनको इनिङसँगै एक विकेट पनि लिए ।

उनी म्यान अफ दी म्याच पनि भए । आठ राष्ट्र सम्मिलित लिग–२ (२०२३/२०२७) को साइकलमा पुछारको टोली युएईलाई हराउँदै दबाब कम गरेको छ । २१ खेलबाट ६ जितसँगै नेपालले १४ अंक जोड्यो । जुन २१ खेलबाट पुछारमा रहेको युएईको भन्दा चार अंकले मात्र बढी हो । त्रिवि क्रिकेट मैदानमा नेपालले २०१ रनको सामान्य लक्ष्य दिएको थियो ।

जबाफमा युएई ४८.२ ओभरमा १६३ रनमा नै अलआउट हुन पुग्यो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली जित निकाल्न सफल भयो । मध्यम गतिका बलर करण नायक बने । ९.२ ओभरमा १९ रन खर्चिएका करणले चार विकेट लिए ।

सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो । २.६ ओभरमा दुई विकेट पतन भएपछि युएईको शुरुवात राम्रो हुन सकेन ।

ओपनर अदिव उस्मानी १ रन र मुहम्मद साहदाब २ रनमा नै पभेलियन फर्कियो । अर्का ओपनर आर्यान्स शर्मा १८ रनमा पभेलियन फर्किए । ९.५ ओभरमा युएई ३९÷३ को नाजुक अवस्थामा पुग्यो । यसपछि दबाबमा परेको युएईले खुलेर ब्याटिङ गर्न नै सकेन ।

हर्मित सिंहले ३९ र कप्तान मुहम्मद वासीमले ३४ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो । अक्षदीप नाथले ३० रन जोड्दा निलान्स केस्वानीले समान १८ रनको योगदान गरे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुखद प्रदर्शन गर्न सकेन ।

दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपाल ४८.२ ओभरमा दुई सय रनमा अलआउट भयो । शीर्ष पाँच ब्याटर सस्तैमा आउट भएपछि नेपाल संकटमा प¥यो । २०.३ ओभरमा ९० रन जोड्दा नै नेपालका पाँच ब्याटर आउट भए । तर, मध्य क्रमका ब्याटर दीपेन्द्रले ७५ रनको अर्धशतकीय योगदान दिँदै घरेलु टोलीको इनिङ समाले ।

९० बलमा दीपेन्द्रले पाँच चौका र दुई छक्का प्रहार गरे । जुनेद सिद्दिकीको बलिङमा उनी दशौं विकेटका रूपमा आउट भए । दीपेन्द्रले पाँचौं विकेटका लागि बसिर अहमदसँग ४१ रन र आठौं विकेटका लागि करण केसीसँग ४२ रनको साझेदारी गरे ।

यी साझेदारीले नै नेपाललाई दुई सय रनको आँकडा पार गर्न मद्दत मिल्यो । बसिर २० रनमा र करण २२ रनमा आउट भए । बसिर हैदर अलीद्वारा र करण अजय कुमारको बल आउट हुन पुगे । ३७ बल खेलेका करणको इनिङमा समान एक चौका र छक्का रह्यो । बसिरले ४० बलमा तीन चौका प्रहार गरे ।

त्यसअघि दोस्रो ओभरमै ओपनर आसिफ शेख ७ रनमै आउट भएपछि नेपालको सुरुआत खराब रह्यो । त्यो विकेटसँगै घरेलु टोली समालिन नै सकेन । एकपछि अर्को विकेट गुमायो । भीम सार्की १० रन, ओपनर कुशल भुर्तेल २४ रन र कप्तान रोहितकुमार पौडेल २ रनमा नै पभेलियन फर्किए । ११औं ओभर सकिँदा नेपाल ४९÷४ को स्थितिमा थियो ।

अजय कुमारले ११औं ओभरको अन्तिम बलमा कप्तान रोहितलाई आउट गरे । यसपछि दीपेन्द्र क्रिजमा आए । दीपेन्द्रले अनुशासित ब्याटिङ गर्दै नेपाललाई सम्मानजनक योगफलतर्पm अग्रसर गराए ।–न्युज एजेन्सी नेपाल