५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.24

Wind: 4.12

Humidity: 57

Latest
आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न समिति गठन नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे (अन्तरवार्ता) कविताको मूल्य र मूल्य राखेर मूल्यबोध ! निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय होइनः रक्षामन्त्री राई चलचित्र ‘के घर के डेरा: घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो ? आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः सभापति खतिवडा प्रधानमन्त्री ओलीबाट भरतपुरमा ६ लेनको सडक उद्घाटन गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई उपचारका लागि रिहा गर्ने तयारी सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस्: प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा नेकपाको किल्ला भत्कियो, काँग्रेसका भँडेल विजयी



अ+ अ-

काठमाडौं । भक्तपुर क्षेत्र नं.१ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गर्दै तेश्रो स्थानमा पुगेको छ । नेमकिपाले यस क्षेत्रमा आफूलाई मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउन सकेन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी हुनुभएको थियो भने काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गर्नुभएको थियो ।

लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१.१७ प्रतिशत मत खसेको थियो ।

एक्काइस हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।