३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

उपनिर्वाचन : सुदूरपश्चिमका पाँच वडा कसको पोल्टामा

उपनिर्वाचन : सुदूरपश्चिमका पाँच वडा कसको पोल्टामा
अ+ अ-

डोटी । सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६६८ ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले कूल ६५६ मत प्राप्त गर्नुभएको छ । वडाभरिमा कूल दुई हजार ४०० मतदाता रहेकोमा कूल एक हजार ५९० मत खसेको तथा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको विसं २०७५ जेठ १५ गते जीप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ ५२८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर तामाङले ३१० मत प्राप्त गर्नु भएको छ । उक्त मतदानमा कूल ९२४ मत खसेको थियो । स्थानीय तहको निर्वाचनमा वडा नं।३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

त्यसैगरी अछामको मेल्लेख गाउँपालिका–५ को विन्ध्यवासिनीको उपनिर्वाचमा नेकपाका रमेश खड्का ७७८ मत ल्यार्य विजयी बन्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर बोहराले ५६३ मत ल्याउनुभएको छ । गएको चुनावमा उक्त वडामा कांग्रेस विजयी भएको थियो । कूल एक हजार ९०० मतदाता रहेको विन्ध्यवासिनीमा एक हजार ३५७ मत खसेको थियो । १६ मत बदर भएको निर्वाचन कार्यलयले जानकारी दिएको छ । गएको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित रामवहादुर बोहराको निधन भएपछि उपनिर्वाचन भएको हो ।

बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा विजयी हुनुभएको छ । कांग्रेसबाट उम्मेदवार बन्नुभएका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । विजयी बुढाले ३६७ मत प्राप्त गर्नुभएको छ । तत्कालीन वडाअध्यक्ष खम्म नेपालीको विसं २०७५ असार १३ गते जीप दुर्घटना परी निधन भएपछि अहिले उपनिर्वाचन भएको हो ।

बैतडी जिल्लामा पनि शनिबार राति नै मतगणना सम्पन्न भएको छ । उपनिर्वाचन सम्पन्न बैतडीका तीन वडामा दुई वडामा नेपाली कांग्रेस, एक वडामा नेकपा विजयी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा कांंग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

पुर्चौडी नगरपालिका–४ मा नेकपाका धानुक १०५ मत बढी लिएर विजयी हुनुभएको छ । कूल खसेको एक हजार ३३० मतमध्ये विजयी धानुकले ६६३ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गर्नुभएको छ ।

सुर्नया गाउँपालिका–१ मा भएको मतदानमा खसेको जम्मा ४३८ मतमध्ये २१९ मत प्राप्त गर्दै कांग्रेसका चन्द विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गर्नुभयो । चार मत बदर भएको छ ।

दोगडाकेदार–४ र पुर्चौडी–४ मा यसअघि विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया गाउँपालिका–१ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए ।