१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बिरामीले औषधि महङ्गोमा किन्नु पर्दैन, मनपरीतन्त्र अन्त्य हुन्छ : स्वास्थ्यमन्त्री ढकाल

बिरामीले औषधि महङ्गोमा किन्नु पर्दैन, मनपरीतन्त्र अन्त्य हुन्छ : स्वास्थ्यमन्त्री ढकाल
अ अ+ अ-

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।
“म अस्पतालजस्तो क्षेत्रलाई कोही कसैको नभनी काममा लगाउँछु । तपाईहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी छ । सबै मिलेर सेवाभावले काम गरौँ”, मन्त्री ढकालले थप्नुभयो, “अस्पताल विकास समितिमा राजनीति हुने कुराले जनता सेवाबाट प्रभावित भएको सुन्ने गरेको छु, त्यो रोक्ने प्रयत्न मेरो रहने छ ।”

अस्पतालको स्तरवृद्धि र साधन स्रोतको व्यवस्थापन प्राथामिकताका आधारमा हुने उहाँको भनाइ थियो । गरीब बिरामीले सेवा र औषधि नपाउने समस्या समाधानमा आफ्नो मुख्य दायित्व रहेको मन्त्री ढकालले बताउनुभयो ।
सरकार र विदेशी निकायले स्वास्थ्य क्षेत्रमा गरेको लगानी प्रशासनिक खर्चमा बढी हुने गरेको बताउँदै उहाँले यसलाई कटौती गर्ने तयारीमा आफू रहेको जानकारी दिनुभयो । ढकालले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा गरिएको लगानी प्रशासनिक खर्च र सेमिनारका लागि विदेश जाने गरेको पाएको छु, यो बेथिति रोक्ने काम गर्नेछु”, उहाँले थप्नुभयो, “बिरामीले औषधि महङ्गोमा किन्नुपरेको समेत जानकारी आएका कारण यसलाई पनि रोक्ने मेरो प्रयत्न रहने छ ।”

भरतपुर अस्पतालको आफ्नो जमीन अरुलाई बाँडिसकेको प्रसङ्ग कोट्याउँदै उहाँले यो अस्पताल सम्पत्ति भएर सुकुम्वासी बाबुआमाजस्तो भएको बताउनुभयो । मन्त्री ढकालले अस्पतालले स्वामित्वसमेत दिएको जग्गा फर्काउन कठिन हुने भएकाले भोगचलनका लागि दिइएको जग्गाको विषयमा अध्ययन गरी फिर्ता लिने प्रक्रिया अघि बढाउने बताउनुभयो । आफू कानूनको विद्यार्थी भएकाले स्वास्थ्य क्षेत्रको विषयमा बुझ्ने काम भइरहेको बताउँदै उहाँले चिकित्सा सेवालाई प्रभावकारी र सेवामुखी बनाउनसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा श्रीराम तिवारी, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरीटेण्डेण्ट प्रा डा कृष्ण पौडेल, डा भोजराज अधिकारीलगायतले अस्पतालका समस्याका बारेमा मन्त्री ढकाललाई जानकारी गराउनुभएको थियो । गत वर्ष मात्र भरतपुर अस्पताल केन्द्रीय अस्पतालको रूपमा विकास भएको हो । अस्पतालमा ६०० श्यया छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वार्षिक तीन लाख ५० हजारभन्दा बढी बिरामीले भरतपुर अस्पतालबाट सेवा लिँदै आएका छन् ।