१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पिसाब फेर्नकै लागि चिया पिउनैपर्ने

पिसाब फेर्नकै लागि चिया पिउनैपर्ने
अ अ+ अ-

बाँके । न्यूरोडमा सामान किन्दै गर्नुभएका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न त कोही आफन्त नै छ । उहाँ हतारमा एउटा चिया पसलमा छिर्नुभयो । साहुजीलाई चिया पकाउन भन्दै शौचालयको सोधीखोजी गरेर शौच गर्न जानुभयो ।

सामान किन्नकै लागि नेपालगञ्ज आउनुभएका भण्डारीलाई चिया पिउनुभन्दा पनि पिसाब फेर्नुपर्ने थियो । पिसाब फेर्नकै लागि चिया पिउनैपर्ने भयो । “चिया त बहानामात्रै थियो, मुख्य कुरा त पिसाब फेर्नुपर्ने थियो,” उहाँले भन्नुभयो – “शहरमा चिनेजानेको कोही नभएपछि चिया पिउने बहानामा पिसाब फेर्न गएको हुँ ।”

न्यूरोडकै एक फेन्सी पसलमा कपडा किन्दै गर्नुभएका बाँके बैजनाथ गाउँपालिका–२ का ओमप्रकाश रेग्मीलाई पनि पिसाबले च्याप्यो । फेन्सी पसलका साहुजीसँग सोध्नुभयो – “यहाँ शौचालय छ ?” साहुजीले सहजै जवाफ दिए – “यहाँ घरबेटीले शौचालय प्रयोग गर्न दिँदैनन् । तपाई अन्यत्रै जानुपर्छ ।”

रेग्मीलाई पिसाबले निकै च्यापेको थियो । उहाँ कपडा किन्न छाडेर नजीकैको चिया पसलतिर लाग्नुभयो । साहुजी चिया बनाउनुस् है भन्दै शौचालय कहाँ छ भनेर सोध्नु भयो । चिया पसलेले शौचलय देखाइदिएपछि उहाँलाई निकै राहत महशुस भयो । पिसाब फेर्नकै लागि चिया पिउनुपर्ने उहाँको पनि रहर नभएर बाध्यता नै थियो ।

नेपालगञ्जमा यस्तो समस्या भण्डारी र रेग्मीको मात्रै नभएर आमनागरिकको साझा समस्या हो । नेपालगञ्ज जस्तो ठूलो शहरमा पर्याप्त सार्वजनिक शौचालय नहुँदाका पीडा भण्डारी र रेग्मीले जस्तै सबैले कुनै न कुनै रुपमा भोगिरहेकै हुन्छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले लाखौं खर्चेर ल्याएका चार वटा घुम्ती शौचालय सञ्चालनमा आउन सकेन । आएको भए पैदल यात्रुलाई केही राहत हुने थियो । पश्चिम नेपालको ठूलो र औद्योगिक शहर नेपालगञ्जले सार्वजनिक शौचालयको अभाव वर्षौदेखि यसैगरी झेलिरहेको छ । सर्वसाधारणको सुविधाका लागि ल्याइएका घुम्ती शौचालय सञ्चालनमा ल्याउन नसक्नु उपमहानगरपालिकाकै कमजोरी भएको बताउनुहुन्छ नेपालगञ्ज–१९ का स्थानीयवासी दीपक रेग्मी । “शहरमा रहेको शौचालयको अभावलाई उपमहानगरले सुल्झाउनुपर्छ,” उहाँले भन्नुभयो ।
नेपालगञ्जमा दैनिक ३०/३५ हजार नागरिकको ओहोरदोहोर हुने अनुमान छ । तीमध्ये एक चौथाइ अर्थात् ८/१० हजार नागरिकले पैदल यात्रा गरिरहेका हुन्छन् । सीमित स्थानमा भएका शौचालय यात्रुहरुका लागि पर्याप्त छैनन् । नेपालगञ्ज उपमहानगरभित्र रहेका १२ वटा सार्वजनिक शौचालयमध्ये सात वटा मात्र सञ्चालनमा रहेका छन् ।

भएका सार्वजनिक शौचालय पनि पायक पर्ने स्थानमा छैनन् । न्यूरोडमा शौच लागेमा एक किलोमिटर टाढा धम्बोझी चौक या दुई किलोमिटर टाढा सदरलाइन पुग्नुपर्छ । पश्चिम नेपालको व्यापारिक केन्द्रका रुपमा रहेको नेपालगञ्जमा पैदल यात्रुको चाप बढ्दो छ भने त्यस अनुपातमा सार्वजनिक शौचालय नहुँदा समस्या विकराल बन्दै गएको छ । त्यसमा पनि अपाङ्गता भएका र महिलालाई झन् समस्या हुन्छ । सुर्खेत रोडमा भेटिएकी पैदल यात्रु कविता शाहीले भन्नुभयो – “महिलालाई जहाँ पायो तहीँ जान मिल्दैन । कहिलेकाहीँ चिया पिउने बहानामा पिसाब फेर्नकै लागि होटलमै जानुपर्छ ।”

“अहिले सात वटा शौचालय सञ्चालनमा छन्, अन्य स्थानमा रहेका पाँच वटा र घुम्ती शौचालयलाई पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याउँदैछौं,” नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाइ निरीक्षक अशोक केसीले भन्नुभयो – “सार्वजनिक र घुम्ती शौचालय व्यवस्थितरुपमा सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।”
शौचालय नहुनुको समस्या त छ नै, भएका शौचालय पनि फोहर र न्यूनतम सुविधाविहीन भएकाले सर्वसाधारणले समस्या भोग्नुपरिरहेको छ । शौचालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले ध्यान नदिएको यात्रुहरुको गुनासो छ ।

नेपालगञ्जका धम्बोझी चौक, भेरी अस्पताल, सदरलाइनस्थित घाँस मण्डी, त्रिभुवन चौक पूर्वमा रहेको सब्जी मण्डी, बाके गाउँ जाने बाटोमा रहेको मासु मण्डी, बसपार्क र बागेश्वरी मन्दिर नजीकै सार्वजनिक शौचालय जेनतेन प्रयोगमा आइरहेका छन् भन् अन्य सात स्थानमा रहेका सार्वजनिक शौचालय प्रयोग भएका छैनन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा गत मङ्सिरमा खरिद गरेर ल्याएको चार वटा घुम्ती शौचालय पाँच महिना नबित्दै प्रयोगविहीन भए । नेपालगञ्जका अति व्यस्त चोक र चौराहमा राख्न ल्याइएका घुम्ती शौचालय रेखदेखका लागि कर्मचारी नभएपछि प्रयोगविहीन भएका हुन् ।
सर्वसाधारणले शौच गरेबापत शुल्क तिर्न नमान्ने र ठेक्का लिएका ठेकेदारले खर्चसमेत नउठ्ने भन्दै ठेक्का रद्द गरेपछि सञ्चालनमा समस्या भएको उपमहानगरपालिकाका सरसफाइ निरीक्षक अशोक केसीले बताउनुभयो । “कार्यविधि बनाएर घुम्ती शौचालय सञ्चालनमा ल्याइए पनि पैसा तिरेर शौच गर्न नमानेपछि प्रयोगमा ल्याउन समस्या भयो,” उहाँले भन्नुभयो ।

घुम्ती शौचालय पुष्पलाल चोक र त्रिभुवन चोक, धम्बोझी, गुलरिया बसपार्कमा राखेर खुला दिसामुक्त अभियानमा टेवा पुर्याउने उपमहानगरको उद्देश्य थियो । भारतबाट ल्याइएका ती घुम्ती शौचालय चार महिनादेखि प्रयोगविहीन भएपछि हाल जिल्ला समन्वय समिति परिसरमा थन्क्याइएको छ । चार वटा शौचालयमध्ये एउटा मात्रै सञ्चालनमा रहेको सरसफाइ निरीक्षक केसीले बताउनुभयो ।

घुम्ती शौचालय तीन महिनाका लागि ७० हजारमा ठेक्का दिइएको थियो । “शौच गर्नेहरुले न्यूनतम शुल्कसमेत तिर्न नमानेपछि ठेकेदार कम्पनीले नवीकरण गर्न मानेनन्, प्रयोगमा नआएपछि जिल्ला समन्वय समिति परिसरमा राखिएको छ,” सरसफाइ निरीक्षक केसीले भन्नुभयो ।
तीन महिनाका लागि घुम्ती शौचालय रु ७० हजारमा भाडामा लिएका स्वच्छ नेपाल, हाम्रो अभियानका अध्यक्ष भानु भट्टले भाडामा लिएर सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार धेरैको शौचालयमा भन्दा खुला ठाउँ र झाडीमा शौच गर्ने प्रवृत्ति छ । शौच गर्न आए पनि शुल्क तिर्न चाहँदैन ।

एक ठाउँबाट अर्को ठाउँ सहजै लैजान सकिने यो आधुनिक शौचालयमा एकसाथ आठ जनाले प्रयोग गर्न सक्ने सुविधा छ । सञ्चालन खर्चका लागि पिसाब बापत रु पाँच र दिसा बापत रु १० शुल्क तोकिएको छ तर, शुल्क तिरेर शौच गर्नेको सङ्ख्या न्यून छ । चोक र चौराहमा राखेर फाइदा नभएपछि ती शौचालयलाई मेला, महोत्सव, आमसभा र धार्मिक कार्यक्रममा प्रयोग गर्न आयोजकले भाडामा लिने गरेका छन् ।