८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा आयोजित दुईदिने ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट ४१८ स्थानीय बासिन्दाले सेवा पाएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले बेलडाँडीमा दुईदिने गाउँघरमा चिकित्सा सेवा कार्यक्रम सञ्चालन गरी स्थानीय बासिन्दालाई चिकित्सकद्वारा बिरामी जाँच, परामर्श, गर्भवती महिलाका लागि भिडियो एक्सरे, प्रजनन स्वास्थ्य, प्रयोगशाला तथा निःशुल्क औषधि वितरणलगायतको सेवा प्रदान गरेको छ ।

कार्यक्रमबाट महिला २९५, पुरुष १२३ लाई सेवा प्रदान गरिएको डा कपिल जोशीले बताउनुभयो । यसमध्ये ४१ को रगत परीक्षण गर्दा १५ मा उच्च रक्तचाप, छ जनामा मधुमेह देखिएको उहाँले बताउनुभयो । भिडियो एक्सरेद्वारा गर्भवती जाँचसमेत गरिनुको साथै उपचारका लागि पुगेका सबैलाई निःशुल्करूपमा औषधि वितरण गरिएको छ ।

उपचारका लागि पुगेकामध्ये अधिकांशमा श्वासप्रश्वासको समस्या देखिएको छ डा जोशीले भन्नुभयो, “त्यसपछि छालारोग, बालबालिकालाई मौसमी ज्वरो र वृद्धवृद्धामा मधुमेह र उच्च रक्तचापको समस्या देखापरेको छ ।” मातृशिशु मृत्यृदर घटाउन र गर्भवतीको अवस्था थाहा पाउनका लागि जिल्लामै पहिलोपटक गाउँमै भिडियो एक्सरे सेवासमेत सञ्चालन गरिएको कार्यक्रमका प्रमुख डा जोशीले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका र विपन्नताका कारण टाढाको स्वास्थ्य संस्थामा उपचार गर्न नपाएका बासिन्दाले घरदैलोमै सेवा पाएका छन्, स्थानीयवासी जनकलाल डगौराले भन्नुभयो, “चिकित्सकीय सेवा गाउँमै पाउँदा सरकार आएको अनुभूति भएको छ ।” अपाङ्गता भएका व्यक्ति, दीर्धरोगी र ज्येष्ठ नागरिक कार्यक्रमबाट बढी लाभान्वित भएको उहाँले बताउनुभयो ।

सरकारले यस्ता जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम क्षणिकरूपमा नभई सधैँका लागि पु¥याउनुपर्ने उहाँले बताउनुभयो । वडाध्यक्ष बहादुर महराले सञ्चालन भएको दुईदिने कार्यक्रमबाट वडा क्षेत्रका लक्षित वर्गले सेवा पाएको बताउनुभयो । उपचार कार्यक्रममा तीन चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो ।