• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सुरूमै बाग्लुङ प्रदेश सभामा कांग्रेसले लियो अग्रता



बाग्लुङ । बाग्लुङको क्षेत्र नम्बर २ प्रदेशसभा क्षेत्र (ख) मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार जीत शेरचनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई एक सय ५७ मतले अग्रता लिएका हुन् ।

आइतबार मध्यान्हदेखि सुरु भएको मतगणनामा कांग्रेसका उम्मेदवार जीतले पाँच सय २५ मत ल्याएका छन्। राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले तीन सय ८६ मत ल्याएका छन्। यस्तै समाजवादी पार्टीका अशोक बिकले ७० मत ल्याएका छन्।