५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.32

Wind: 4.12

Humidity: 60

Latest
कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रश्ताव मन्त्रालयले गरेको होइनः सचिव पन्थ निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँः अर्थसचिव उपाध्याय बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक मुख्य सचिव अर्यालको प्रश्नः अतिरिक्त सचिव नभएकै कारण सर्भिस डेलिभरीमा प्रभाव परेको हो? अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न समिति गठन नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे (अन्तरवार्ता) कविताको मूल्य र मूल्य राखेर मूल्यबोध !
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुटिया र बिपीनगरदेखि ताक्लाकोटसम्मको सडक खण्ड पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया र बिपीनगर हुँदै बझाङको ताक्लाकोट जोड्ने सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । ताक्लाकोट सडक पुर्याउन सके मानसरोवर क्षेत्रमा आउने पर्यटकका कारण यहाँको विकास हुनसक्ने उहाँले बताउनुभयो ।

डोटीको जोरायल गाउँपालिका–५ मा रहेको महेन्द्र आधारभूत विद्यालयको ५८ औँ वार्षिकोत्सवमा मुख्यमन्त्री भट्टले कैलालीको खुटियादेखि डोटीको दिपायल जोड्ने सडक अहिले बिपीनगरदेखि गड्सेरासम्म जोडिएको र केही समयभित्र बाँकी रहेको भागमा समेत जोडिने बताउनुभयोे । उहाँले भन्नुभयो, “बिपीनगर, गड्सेरासम्म सडक जोडिसकेका छौँ, केही दिनमा बाँकी रहेको कामपनि पूरा हुनेछ, विकासका लागि केन्द्र सरकारको भरमा परेर अब सुदूरपश्चिम सरकार अल्मलिने छैन् ।”

मुख्यमन्त्री भट्टले डोटीको जोरायलदेखि गड्सेरा जोड्ने सडकमा यो आर्थिक वर्षमा कुल रु ७७ करोड बजेट विनियोजन गरिएकाले उक्त सडक चाँडै गड्सेरा जोडिएर कालोपत्रको काम सुरु हुने जानकारी दिनुभयो । समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रदेश सरकार लागिपरेको उहाँले भन्नुभयो, “सुदूरपश्चिमको विकासका लागि प्रदेश सरकार खप्तडसहित अन्य पर्यटन क्षेत्रको विकास, सडक सञ्जाल विस्तारमा जुटेको छ । हामी आफ्नै लगानीमा यहाँको विकासका काम गर्नेछौँ ।”

एक प्रसङ्गमा मुख्यमन्त्री भट्टले सरकारी कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरी सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने बताउँदै भन्नुभयो, “म मुख्यमन्त्री हुँ, मैले छोरा छोरी राम्रो नाम चलेको निजी स्कुलमा पढाउन सक्थें तर मेरा छोराछोरी सरकारी स्कुलमा छन्, अब यो प्रदेशका सबै सरकारी कर्मचारीका छोराछोरी पनि सरकारी स्कुलमा पढाउनुपर्छ ।”

कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले महेन्द्र आधारभूत विद्यालयको पढाइदेखि अन्य भौतिक पूर्वाधार विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक भानुभक्त थापाले विद्यालयको स्तरोउन्नतिका लागि विभिन्न मागसहितको ज्ञापनपत्र प्रस्तुत गर्नुभएको थियो ।