८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर अपराध अहिलेको प्रमुख चुनौती : प्रहरी महानिरीक्षक



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताउनुभएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उहाँले प्रविधिको दुरुपयोग रोक्नतर्फ प्रहरीले आवश्यक कदम चालेको जानकारी गराउनुभयो ।

“सीमावर्ती अपराध, लागुऔषध, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोगजस्ता गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय छ, प्रविधिजन्य अपराध अनुसन्धानमा प्रहरी सक्षम बन्दै पनि गएको छ”, खनालले भन्नुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीसँग आइतबार काठमाडौँमा भएको अन्तरक्रियामा उहाँले राज्यको अग्रपङ्क्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण प्रमुख जिम्मेवारी भएको बताउनुभयो । अपराध नियन्त्रणका लागि समुदायको सहयोग र सहकार्यको महत्व रहने उल्लेख गर्दै खनालले सीमित साधन स्रोत तथा जनशक्तिका बीच प्रहरीले काम गरिरहेको बताउनुभयो ।