८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सङ्गठन दाङमा एकता टुङ्गियो



अ+ अ-

दाङ । प्रेस सङ्गठन दाङको एकता प्रक्रिया टुङ्गोमा पुगेको छ । आज बसेको प्रेस सङ्गठन दाङको कार्यदल बैठकले दुवै पूर्वघटकहरु मिलाएर ३९ सदस्यीय कार्यसमिति बनाइएको छ ।

सङ्गठनमा पूर्वप्रेस चौतारीबाट २१ र पूर्वप्रेस सङ्गठनबाट १८ गरी ३९ सदस्यीय कार्यसमिति बनेको हो । प्रेस सङ्गठनको संयोजकमा प्रकाश चौधरी र सहसंयोजकमा जेएन सागर रहनुभएको छ । सङ्गठनको कार्यसमितिमा पाण्डव शर्मा, प्रेमबहादुर राम्जा, इन्द्रविवश डिसी, सन्तोष अधिकारी, दिवाकर पोखरेल, दशरथ घिमिरे, जनक नेपाली, केशरमान बिसी, सुधासुमन ढकाल, नवीन अभिलाषी, जीवन नेपाली, दामोदर बस्नेत ‘राकेश’, उदय बिसी, युगराज पोखरेल, दीपक बोहोरा, गिरिराज नेपाली, राजेश चौधरी र शान्त बुढामगर रहनुभएको छ ।

यसैगरी शिवराज पन्थी, रमा पोखरेल, वसन्त परियार, नगेन्द्र चौधरी, बालकृष्ण पाण्डे, दिप्तीशिखा चौधरी, माधव कँडेल, शिव घर्ती, किरण गौतम, सन्तोष डाँगी, आभाष बुढाथोकी, विकास डाँगी, भागबत भट्टराई, सविता सुनार, अमृता भुसाल, शिवु खनाल, सुमन केसी, लक्ष्मण विश्वकर्मा र शैलेष अधिकारी पनि कार्यसमितिमा रहनुभएको छ ।

सङ्गठनका संयोजक प्रकाश चौधरीको अध्यक्षतामा बसेको बैठकमा सङ्गठनका प्रदेश संयोजक सविन प्रियासनले सङ्गठनलाई भावनात्मकरुपमा एकता बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । केन्द्रीय सदस्य टीका बस्नेतले प्रेस सङ्गठनलाई दाङमा नयाँ उचाइका साथ एक भएर काम गर्न आग्रह गर्नुभयो ।