८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट तेह्रौं सागको भव्य उद्घाटन, प्रधानमन्त्रीले हेरे आइप्याडमा



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपति विद्यादेवी भण्डारीबाट भब्य उद्घाटन गरिएको छ । ३ घण्टा भन्दा बढी समय चलेको समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको हो।

राष्ट्रपति भण्डारीको आगमनपछि मार्चपासबाट शुरु भएको उद्घाटन समारोह प्रधानमन्त्री केपि शर्मा ओलीले अस्पतालको शैयामा बसेर आइप्याडमा उद्घाटन हेरेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार उनको आठौं डायलासिस गरिएको हो ।

यस्तै सागको उद्घाटन समारोहमा ओलम्पियन दीपक विष्टले ओलम्पिक टर्चलाई रंगशालाको ट्रयाकबाट लगी प्रज्वलन गरेका थिए भने खेलाडीको तर्फबाट क्रिकेटर पारस खड्का तथा निर्णायकका तर्फबाट ब्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री दीपक थापाले सपथ लिएका थिए ।

उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा रहेको स्वागत नाचमा सहभागी देशका झण्डा र सागमा समावेश खेलको एनिमेसन प्रस्तुत गरिएको थियो ।

यस्तै १५०० जनाको मास क्यालिस्थेनिक प्रदर्शनी प्रस्तुत गरिएको थियो भने गायक दीपक बज्राचार्यले सांगीतिक प्रस्तुति दिएका थिए।

यस्तै कुन्ति मोक्तान, आनन्द कार्की, ईन्दिरा जोशी, सत्यराज आचार्य र मिलन नेवाले साग गीत प्रस्तुत गरेका थिए ।