२४ भाद्र २०८३, बुधबार
,
Latest
झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमान रगतका लागि पैसा खाज्दै गर्दा श्रीमतीको अस्पतालमै मृत्यु



अ+ अ-

उदयपुर । जिल्ला अस्पताल उदयपुरमा आज उपचार गर्न ढिलो ल्याउने क्रममा एक सुत्केरीको मृ’त्यु भएको छ । जिल्ला अस्पतालका अनुसार उदयपुर, त्रियुगा नगरपालिका–७ घर बताउने २६ वर्षीया सरिस्मा बुढाथोकीको उपचार गर्न ढिला ल्याइपुर्याउँदा मृ’त्यु भएको जिल्ला अस्पतालका प्रमुख डा विजय मेहताले बताउनुभयो ।

बिहान ७ बजे जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेको बुढाथोकीलाई उनका श्रीमान प्रेमले लिएर आएका थिए । बिरामीको शरीरमा हेमोग्लोबिन कम भएकाले अवस्था नाजुक भएपछि जिल्ला अस्पतालले बाहिर लान सिफारिश गरेको थियो । श्रीमान रगतका लागि रकम जुटाउन गएका बेला श्रीमतीको बिहान ११ बजे मृ’त्यु भएको अस्पतालले बताएको छ ।