१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिआईबीको हिरासतमा शेखर गोल्छा



अ+ अ-

काठमाडौं: हिमालयन रिइन्सोरेन्सको सेयर विवादमा मुछिएका प्रतिष्ठित उद्योगी शेखर गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले थुनामा पठाएको छ ।

उनलाई काठमाडौं कार्यालयमा बयानका लागि बोलाएको तर बयान नसकिए पछि सिआईबीकै हिरासतमा राखिएको स्रोतले बताएको छ । गोल्छा हिमालयन रिइन्सोरेन्स कम्पनीका संस्थापक अध्यक्ष समेत रहेका थिए ।

हिमालयन रिइन्सोरेन्स प्रकरणमा व्यवसायीहरु दिपक भट्ट र साहिल अग्रवाल सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानका लागि भन्दै हिरासतमा रहेका छन् ।

सिआईबीले श्री गोल्छालाई पक्राउ गरिसकेको भन्दै आज बिहानैदेखि समाचार आइरहेका थिए । यद्यपि उनले ती समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका थिए ।