१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १७ अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो ।

यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो । विगत चार कारोबार दिनयता शेयर बजारमा लगातार गिरावट आइरहेको छ । अघिल्लो दिन दुई हजार ८०४ अङ्कमा रहेको बजार आज दुई हजार ७८७ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

अघिल्लो दिन सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएकामा आज उक्त रकम घटेर रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ मा पुगेको छ । आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्य घट्नुका साथै सात कम्पनी स्थिर रहेका छन् ।

आज ३४८ कम्पनीको एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर ९३ हजार ९०७ पटक खरिदबिक्री हुँदा रु रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

उत्पादन तथा प्रशोधन शून्य दशमलव ६० र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका परिसूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा बढी एक दशमलव ४२ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ७६, विकास बैंक शून्य दशमलव शून्य आठ, फाइनान्स एक दशमलव शून्य छ, हाइड्रोपावर एक दशमलव शून्य पाँच, लगानी शून्य दशमलव ५३, जीवन बिमा शून्य दशमलव ४३, माइक्रोफाइनान्स शून्य दशमलव ५३, निर्जीवन बिमा एक दशमलव १९ तथा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव २४ प्रतिशतले बढेको छ ।