२४ भाद्र २०८३, बुधबार
,
Latest
झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान (नेकपा गढ)मा कांग्रेस ऐतिहासिक जित उन्मुख



अ+ अ-

धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गढ मानिएको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले ऐतिहासिक जितमा अगाडि बढेको छ। शुरुमा नेकपाका प्रकाशले अग्रता लिएको भए पनि वडा नम्बर १६ को मतगणना सकिएपछि तिलक राईले लगातार अग्रता लिएका हुन्।

कांग्रेसका उम्मेद्वार तिलक राईले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा २० हजार ९७५ मत ल्याएर सुब्बा विजयी भएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए।

यस पटक पनि कांग्रेसले राईलाई नै अघि सारेको थियो। धरानको प्रमुखमा तत्कालीन एमालेबाट विजयी भएका तारा सुब्बाको मिर्गौला रोगका कारण मृत्यु भएपछि उपनिर्वाचन भएको हो।