६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमै राख्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई अन्यत्र स्थानान्तरण गर्ने पुरानो निर्णय उल्टाउँदै सोही स्थानमै कायम राख्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय संशोधन गर्दै प्रतिष्ठानलाई हाल प्रयोग भइरहेको स्थानमै सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

निर्णयअनुसार प्रतिष्ठानले हाल भोगचलन गरिरहेको ११४ रोपनी ३ आना जग्गा अब पनि सोही प्रयोजनका लागि प्रयोग गरिनेछ ।

यसअघि सो जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने तयारी गरिएको थियो ।२०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो । तर पछिल्लो निर्णयसँगै उक्त हस्तान्तरण प्रक्रिया रोकिएको छ ।