१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘बेबिलोन स्रष्टा सम्मान २०७६’ सम्पदा संरक्षणवीद् रवीन्द्र पुरीलाई दिईने

‘बेबिलोन स्रष्टा सम्मान २०७६’ सम्पदा संरक्षणवीद् रवीन्द्र पुरीलाई दिईने
अ अ+ अ-

काडमाडौं । शिक्षा, साहित्य, कला, संस्कृति, इतिहास, सम्पदा र विकास र खेलकूदमा उल्लेखनिय योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्धेश्यले बेबिलोन नेशनल स्कुल शान्तिनगर, मिनभवनद्वारा स्थापित नगद १५ हजार ५५५ राशीसहितको‘बेबिलोन स्रस्टा सम्मान२०७६’ भक्तपुरका चर्चित युवा सम्पदा संरक्षणवीद् एवम् शिक्षासेवी रवीन्द्र पुरीलाई प्रदान गर्ने निर्णय गरिएको छ । बेबिलोन नेशनल स्कुल, बेलायती शैक्षिक नियोग ब्रिटिस काउन्सिलबाट सन् २०१५ देखि २०२० सम्मका लागि दुईपटक ‘इन्टरनेशनल स्कुल एवार्ड (आईएसए)’ बाट पुरस्कृत भईसकेको २४ वर्षपुरानो स्थापित विद्यालय हो ।

काठमाडौं उपत्यकाका प्राचीन र ऐतिहासिक सम्पदाहरुको संरक्षणमा अहोरात्र खटिनुका साथै विभिन्न सामुदायीक विद्यालयहरुको निर्माण, जिर्णाेद्वार रशिक्षा विकासमामहत्वपुर्ण योगदान गरेवापत संरक्षणवीद् तथा शिक्षासेवी पुरीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७६’ प्रदान गर्न लागिएको हो । यसअघि राष्ट्रगानका रचनाकार व्याकुल माइला र इतिहास तथा संस्कृतिवीद् डा.सत्यमोहन जोशीलाई सो सम्मान प्रदान गरिएको थियो ।

बेबिलोन नेशनल स्कुल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षतामा बसेको वैठकले सम्पदा संरक्षणवीद् तथा शिक्षावीद् पुरीलाई नगदसहितको सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । यही मंसीर २७ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुन लागेको बेबिलोन नेशनल स्कुलको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा सम्पदा संरक्षणवीद् पुरीलाई सो सम्मान प्रदान गरिने विद्यालयका प्रिन्सिपल राजु राईले बताएका छन् ।

सम्पदा संरक्षणवीद् पुरीले भक्तपुर नगरपालिका वडा नं ३ दत्तात्रयस्थित एउटा कुखुराको खोर किनेर सो घरलाई परम्परागत शैलीमा पुननिर्माण गरि भक्तपुरकै ‘नमुना घर’ बनाएका कारण संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन युनेस्कोबाट सन् २००४ मा युनेस्को एसिया प्यासिफिक कल्चर हेरिटेज एवार्ड जित्न सफल भएका थिए । यसको अलावा उनी विभिन्न संघसंस्था र सरकारबाट समेत गरि दुई दर्जनभन्दा बढी पुरस्कारबाट पुरस्कृत भईसकेका छन् ।

नेपालमा २०४९ सालमा कानून, इतिहास, चित्रकला र व्यवस्थापन गरि एकैपटक चारवटा विषयमा स्नातक उतिर्ण गरी जर्मनीको ब्रेमेन विश्वविद्यालयबाट विकास नीतिमा स्नातकोत्तरमा विश्वविद्यालय प्रथम भएका पुरी, रवीन्द्र पुरी फाउण्डेशनका संस्थापक अध्यक्ष समेत हुन । सो फाउण्डेशनले प्राचीन सम्पदा संरक्षणको साथै व्यवसायीक शिक्षा र सामुदायीक विद्यालयको उत्थान, शिक्षाको विकास र स्तरोन्नतिको साथै प्राचीन चित्रकला र सम्पदासंरक्षणको लागि संग्रहालय स्थापनाको काम गर्दै आएको छ ।