१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले हात पार्यो पहिलो स्वर्ण, कँरातेका मण्डेकाजीले दिलाए



अ+ अ-

काठमाडौँ । १३ औं साग खेलको कँरातेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाउन सफल भएका छन् । उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण नेपालको पक्षमा पारेका हुन् ।

पाकिस्तानी खेलाडीले २४‍.९२ अंक प्राप्त गर्दा मण्डेकाजीले २६.७२ अंक प्राप्त गरेका हुन् । बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका थिए।

मण्डेकाजीले फाइनलमा पुग्नका लागि २४.०८ अंक प्राप्त गरेका थिए भने बंगलादेशी खेलाडीले २२.०८ अंक प्राप्त गरेका थिए।